चितवन –
चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामामाथि आक्रमण भएको छ । अज्ञात समूहले आइतबार राति उनी सवार सरकारी गाडी तोडफोड गर्दै आक्रमण प्रयास गरेका हुन ।
उनि नगरपालिकाको काम सकेर घरतर्फ फर्किने क्रममा बुद्धशान्ति मावि नजिक मेयर लामाको गाडीका ढुङगा प्रहार भएको प्रहरीले जनाएको छ ।
मेयर लामाको बा २ झ ३६६६ नम्बरको सेतो स्कार्पियोमा उनिहरुले आक्रमण गरेका हुन । मेयर लामाको गाडीको पछाडिको सिसा फुटेको छ । मेयर लामालाई भौतिक चोटपटक भने लागेको छैन ।
नगरपालिकाको कामकै सिलसिलामा गड्यौली पुगेर फर्किंंदै गर्दा एक्कासि गाडीमा आक्रमण भएको र ढुङगाले गाडीको पछाडि लागेर ज्यान जोगिएको मेयर लामाले बताए।
घटनालगत्तै इलाका प्रहरी कार्यालय भण्डाराको टोली घटनास्थलमा पुगेको थियो । गाडी अहिले नगरपालिकाको प्रशासनिक भवनमा रहेको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
बिगत लामो समयदेखि राप्ती नगरपालिकामा जनप्रतिनिधि बिच नै मेलमिलाप छैन ।