आज मितिः २०८३ बैशाख ६ गते

एमआरपीभन्दा धेरै मूल्यमा नुन बेचे तीन लाखसम्म जरिवाना

Uddar News

काठमाडौं-

 

आयो नुनको एमआरपीभन्दा धेरै मूल्य लिएर बिक्री गर्ने पसललाई ३ लाखसम्म जरिवाना हुने भएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गरेर बजारमा एमआरपीभन्दा धेरै मूल्यमा आयो नून बिक्री भइरहेको गुनासो आएकाले मूल्य धेरै लिएमा ३ लाखसम्म जरिवाना हुने बताएको हो।

‘साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री भइरहेको आयो नूनमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको छ भन्ने गुनासो आएको छ। यस विभागबाट अनुगमन हुँदा काठमाडौं महानगरपालिका- १३ सोल्टीमोडस्थित म्याक्रो मिनी मार्टमा विभिन्न वस्तुको एमआरपीभन्दा बढी मूल्य लिई बिक्री वितरण भइरहेको पाइएको छ। उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा २० ठ बमोजिम अनुचित व्यापारिक कार्य गरेको मानिने र त्यस्तो अनुचित कार्यलाई सोही ऐनको दफा ३८ -ङ अनुसार कसुर गरेको ठहरिनेछ। यस किसिमको कसुर गर्नेउपर सोही ऐनको दफा ३९ ९१० -ख बमोजिम २ लाखदेखि ३ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ’, विभागको सूचनामा उल्लेख छ।

केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको खुद्रा मूल्य २० बाट बढाएर २६ रुपैयाँ प्रतिकिलो बनाएको थियो।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.