चितवन-
चितवनको मौवाखोलामा आज बिहान पहिरो खसेको छ । बिहान ५ बजे खसेको माथिबाट लेदोसहितको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
बाटो दुईतर्फी खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको बताएको छ ।