आज मितिः २०८३ आश्विन ११ गते

ब्रेकिङ न्यूज

आज चार प्रदेशमा भारी वर्षा हुने

आज चार प्रदेशमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…
Read More
भारतले नेपालको स्याटेलाइट प्रक्षेपणमा सघाउने

भारतले नेपालको स्याटेलाइट प्रक्षेपणमा सघाउने

काठमाडौं नेपालको स्याटेलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ। स्वदेशी उपग्रह मुनाल नेपाली अन्तरिक्ष स्टार्टअपद्वारा विकास गरिएको हो। मुनाल स्याटेलाइट प्रक्षेपण गर्न अनुदान सहयोगका निम्ति भारतीय विदेश मन्त्रालय र न्युस्पेस इन्डिया लिमिटेडका अधिकारीबीच शनिबार समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट०का सचिव डा। रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा। सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल ९एपीएन०का संस्थापक डा। आभास मास्केको समेत उपस्थित रहेको भारतीय विदेश मन्त्रालयले जानकारी गराएको छ ।
Read More
रोजगारी सिलसिलामा विदेशमा भोक्नु परेको समस्या

रोजगारी सिलसिलामा विदेशमा भोक्नु परेको समस्या

  रोजगारी सिलसिलामा विदेशमा भोक्नु परेको समस्या दिन प्रतिदीन बढ्दो छ, अहिलेको युगमा, धेरै नेपाली नागरिक रोजगारको खोजीमा विदेश जान बाध्य छन्। आर्थिक अवसरको कमी र जीवनस्तर सुधार्ने चाहनाले गर्दा, ठूलो संख्या युवाहरू विदेशको यात्रा गर्दैछन्। यद्यपि विदेशमा रोजगारीको अवसर प्राप्त हुन्छ, यससँगै भोक र समस्याहरूको सामना गर्नुपरेको छ। १. आर्थिक संकटकाल: विदेशमा रहेका धेरै श्रमिकहरूलाई उचित वेतन र कामको सुरक्षाको ग्यारेन्टी हुँदैन। तलबमा कटौती, बेरोजगारी, र कामको स्थितिहरूमा सुधारको अभावले गर्दा उनीहरूलाई वित्तीय असहजता भोग्नु पर्छ। यसका कारण, उनीहरूले आफ्नो दैनिक आवश्यकताहरू पूरा गर्न कठिनाइ भोग्न सक्छन्। २. स्वास्थ्य र पोषण: विदेशमा काम गरिरहेका व्यक्तिहरूलाई प्रायः स्वस्थ्य र पोषणको…
Read More
राप्तीमा डुंगा सञ्चालन टेण्डर प्रक्रियामा विवाद

राप्तीमा डुंगा सञ्चालन टेण्डर प्रक्रियामा विवाद

निरु रत्ननगर । सौराहा स्थित राप्ती नदीमा डुंगा सञ्चालनको लागि निकुञ्जले ठेक्का सम्झौताका लागि आह्वान गरेको टेण्डर प्रक्रिया विवादमा तानिएको छ । निकुञ्जले आह्वान गरेको आठ वटा ठेक्का सम्झौता मध्ये राप्ती नदीको सौराहाघाट देखि दुधौराघाट सम्मको ठेक्का सम्झौताको विषय विवादमा तानिएको हो । निकुञ्जले साउन २१ गते दिउसो १२ बजे सम्मको अन्तिम म्याद राखी निकालेको सुचनाको समयाबधिमा पेश भएका तीन वटा संस्थाले शिलबन्दी दरभाउपत्र पेश गरेका थिए । त्यो ठक्का नखोली निकुञ्जले एक दिनको म्याद थप गरी अर्को सुचना जारी भएपछि शिलबन्दी दरभाउपत्र पेश गरेको चौथो संस्थासंग ठेक्का सम्झौता गरेको बुझिएको छ । सौराहाका व्यवसायी त्रैलोक्य चित्रकार अध्यक्ष रहेका राप्ती…
Read More
एक्सपर्टमा रक्तदान : २२५ युनिट रगत संकलन

एक्सपर्टमा रक्तदान : २२५ युनिट रगत संकलन

  रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको रक्तदान कार्यक्रम २२५ युनिट रगत संकलन भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१ औं बार्षिकोत्सवको अवसरमा बकुलहर स्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा ३६ जना महिला सहित २२५ जनाले रक्तदान गरेको एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै रत्ननगरका मेयर प्रलाद सापकोटाले एक्सपर्ट गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि लगानी गर्नुपर्नेमा जोड दिए । एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अधिकारीले एक्सपर्ट २२औं बर्ष प्रवेशको अबसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । बार्षिकोत्सव अन्तर्गत निःशुःक आँखा परीक्षण शिविर…
Read More
एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु

एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु

निर्मला अधिकारी (निरु)   दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ। आज बुधबार दिउँसाे १:५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनकाे हेलिकाेप्टर शिवपुरी गाउँपालिका- ७ सूर्यचौर (सुइरेचाैर)मा दुर्घटनामा परेको हो। चारजना चिनियाँ लिएर रसुवाको स्याफ्रुबेँसी जाँदै गरेको हेलिकाेप्टर सूर्यचौरमा दुर्घटना भएको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिए। हेलिकाेप्टरमा पाइलट अरुण मल्लसहित पाँचजना सवार रहेकाे बताइएकाे छ। गृह मन्त्रालयको कमान्ड पोस्टका प्रमुख डा. भीष्म भुसालले दिएको जानकारीअनुसार दुर्घटनामा चारजनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो। दुर्घटनाको खबर प्राप्त…
Read More
देशका सबै प्रदेशमा  ९६.३ प्रतिशत धान रोपाइँ सकिएको छ।

देशका सबै प्रदेशमा ९६.३ प्रतिशत धान रोपाइँ सकिएको छ।

निर्मला अधिकारी (निरु) चितवन– साउनको तेस्रो सातासम्म नेपालमा कुल धान रोपाइँ हुने क्षेत्रमध्ये ९६.३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ। गत वर्षको यही अवधिमा ८१.८ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको थियो। नेपालमा कुल १४ लाख १ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ। जसमध्ये  साउनको तेस्रो सातासम्म १३ लाख ४९ हजार ६०७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेशमा प्रदेशगत रूपमा हेर्ने हो भने सवैभन्दा धेरै रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ। सुदूरपश्चिमा धान रोपाइँ हुने शत प्रतिशत क्षेत्रमा नै  रोपाइँ सकिएको छ। गत वर्षको सोहि अवधिमा सुदूपश्चिममा ९९.२ प्रतिशत…
Read More
आज र भोलि हल्का देखि मध्यम वर्षाको सम्भावना

आज र भोलि हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राती भने देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा…
Read More
बाघ खोज्न परिचालित  हात्ती बेपत्ता,  बाघ नियन्त्रणमा

बाघ खोज्न परिचालित हात्ती बेपत्ता, बाघ नियन्त्रणमा

निरु अधिकारी/ चितवन नारायणगढनजिक नारायणी नदीकिनारमा आइतबार बिहान मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा लिइएको छ। आइतबार मर्निङवाकमा हिँडेका नारायणगढ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बिहान ५:२० बजेतिर बाघले आक्रमण गरी घाइते बनाएको थियो। आक्रमण गर्नै  बाघलाई नियन्त्रणमा लिन चितवन निकुञ्जका पशुचिकित्सक र  दुई हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकहरू खटिएका थिए। बाघ नियन्त्रणमा लिन परिचालन गरिएका दुई हात्ती बाघनजिक पुग्दा बाघको गर्जन सुनेर एउटा हात्ती तर्सेर भागेको थियो । अर्को हात्तिको प्रयासले  भने बाघ नियन्त्रणमा आएको थियो । खोजीकार्यमा लागेको  हात्ती गर्जनले भागेकोले खोजी कार्य भैरहेको  जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।  
Read More
बालिका अपहरण गर्ने तीन जना पक्राउ

बालिका अपहरण गर्ने तीन जना पक्राउ

विराटनगर-   बालिका अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।   प्रहरीले विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको छ ।   सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेका थिए । सञ्जयले फिरौतीका लागि नभएर बालिकाको ठूलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकाको ठूलीआमा र अपहरणमा संलग्न सञ्जयबीच प्रेम सम्बन्ध छ । प्रेमिकालाई विदेश जान दिन उनी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.