आज मितिः २०८३ आश्विन ११ गते

ब्रेकिङ न्यूज

काठमाडौं जाँदै गरेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण

काठमाडौं जाँदै गरेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण

धादिङ- पोखराबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७, आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो ।   पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौं आउँदै गरेको कैलास हेलिकोप्टर सर्भिसेजको नाइन एन–ए।एम।एल हेलिकोप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए ।   जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौंतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाए । रासस  
Read More
गृहमन्त्रीलाई गगनले उठाए संसद्‍मा प्रश्न

गृहमन्त्रीलाई गगनले उठाए संसद्‍मा प्रश्न

काठमाडौं-   नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेकोमा गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै उनले प्रश्न उठाएका हुन्। थापाले भुटानी शरणार्थी प्रकरणबारे सरकारले दोषी उम्कँदैन भन्ने आश्वस्त पार्नुपर्ने पनि बताए। उनले अघिल्लो सरकारले जहाँ टुंग्याएको छ, त्यसबारे जानकारी गराउनुपर्ने बताए।   गिरीबन्धु टी स्टेटका विषयमा अदालतले दिएको २०८० माघ २४ गतेको आदेश जुन सरकार आए पनि पालना गर्नुपर्ने उनले बताए। ुसरकारले गिरीबन्धु यो हुन्छ, त्यो हुन्छ होइन। एक्सन चाहियो। तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्‍यो।…
Read More
मासिक ७० हजार कमाई हुने भन्दै मौरिससमा पठाउने एकजना पक्राउ

मासिक ७० हजार कमाई हुने भन्दै मौरिससमा पठाउने एकजना पक्राउ

काठमाडौं- एक महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाइ हुने कुकको काममा लगाइदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मानब बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको गौरीघाटबाट मानब बेचबिखन गरेको आरोपमा झापाका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरेको हो । एसपी गौतम मिश्रका अनुसार उनले एक जना महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाइ हुने कुकको काममा लगाइदिने भनेर प्रलोभनमा पारेका थिए। केही समय काम गरेपछि ग्रिन कार्ड समेत पाइने प्रलोभनमा पारेपछि ती महिला मौरिसस जान तयार भएकी थिइन्।   महिलाले बुद्धिराज न्यौपानेलाई २ लाख ५० हजार रुपैयाँ बुझाएको एसपी मिश्रले बताए। उक्त रकम बुझाएपछि ती…
Read More
सुनको मूल्य एक लाख ५० हजार भन्दा बढि

सुनको मूल्य एक लाख ५० हजार भन्दा बढि

काठमाडौं- सुनको मूल्य मंगलबार प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । साउन २१ गते छापावाल सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यो मूल्य यसअघिको उच्च थियो । मंगलबार सुनको मूल्य त्योभन्दा बढी कायम भएको हो ।चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  
Read More
मोरङको एक वनमा हात्तीको छावा मृत फेला

मोरङको एक वनमा हात्तीको छावा मृत फेला

मोरङ- मोरङको बेलबारी नगरपालिका–३, करमडाँडामा अन्दाजी तीनदेखि चार वर्षको हात्तीको छावा मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा मंगलबार बिहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए । वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले जानकारी दिए । छावाको मृत्युको कारण भने खुल्न नसकेको उनले बताए । सुनसरीस्थित कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थलमा आउने क्रममा रहेको जनाइएको छ ।  
Read More
माछा खाएर एकै परिवारका तीन बालबालिकाको मृत्यु

माछा खाएर एकै परिवारका तीन बालबालिकाको मृत्यु

बारा- बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका-७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो।     उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनएको छ।   आइतबार घर नजिकैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सपरिवार सुतेका थिए। राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेका थिए।   सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुलाई त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो। उपचारको लागि लैजाँदै गर्दा लालिमाको बाटोमै र…
Read More
चितवनका वीरलाल तामाङ आबुधाबीमा सम्पर्कविहीन

चितवनका वीरलाल तामाङ आबुधाबीमा सम्पर्कविहीन

चितवन -   वैदेशिक रोजगारका लागि आबुधाबी पुगेका चितवन भरतपुर–१५, रामपुरका वीरलाल तामाङ सम्पर्कविहीन भएका छन्, उनलाई सम्पर्कमा आइदिन आग्रह गरिएको छ । ४२ वर्षीय तामाङ घर आउने तयारीमा थिए । कम्पनीबाट बिदा लिएर घर आउने क्रममा भाइ ३६ दिनदेखि सम्पर्कबाहिर रहेको उनका दाइ दिलबहादुरले बताए । भाइको खोजीका लागि वीरलालले काम गरेको कम्पनी र दूतावासलाई समेत पत्राचार गरिसकिएको उनले बताए । २०८० को कात्तिक अन्तिममा बिदामा घर आएर फागुनमा फर्किएका वीरलाल घरमा श्रीमती बिरामी भएपछि भरतपुरको सप्तगण्डकी अस्पतालबाट बिरामीको रिपोर्ट वीरलाल कार्यरत कम्पनीमा पठाएपछि कम्पनीले बिदा दिएको थियो । गत जुलाई ४ तारिख ३ बजे लडेर घाइते भएका वीरलाललाई…
Read More
च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी

च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी

गुल्मी गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी परेका छन्। आइतबार साँझ च्याउ खाएका रेसुंगा नगरपालिका(८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार बिरामी परेको हो। रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू राति बिरामी परेका थिए। च्याउ खाएर ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षको सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनीहरूको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको छ।  
Read More
बस र ट्रक ठोक्किँदा १० जना घाइते

बस र ट्रक ठोक्किँदा १० जना घाइते

चितवन पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन्। काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक एकआपसमा सोमबार बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन्। घाइतेमध्ये सात जनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। घाइतेमध्ये चार जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र ६ जनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ। प्रहरीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।  
Read More
कुलमानको समर्थनमा माइतीघरमा प्रदर्शन

कुलमानको समर्थनमा माइतीघरमा प्रदर्शन

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको समर्थनमा युवाहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्। उनीहरुले ‘विद्युत प्राधिकरण डुबाउन पाइँदैन, जनतालाई महँगीको मार बिजुली चोरलाई कर छुट उपहार, अँध्यारो र उज्यालोको फरक छर्लङ्ग छ, ६४ अर्ब ६१ करोड नोक्सानीमा रहेको प्राधिकरण कुलमान आएयता ४७ अर्ब ४१ करोड सञ्चित नाफामा’लगायत विभिन्न नारा लेखेको ‘प्ले कार्ड’ बोकेका थिए। सरकारले षड्यन्त्र गरेर कुलमानलाई हटाउन खोजेको भन्दै युवा सडकमा उत्रिएका हुन्। प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा ६ जना पक्राउ परेका छन्।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.