सडकमा सत्तारुढ दल, काठमाडौंको ट्राफिक अस्तव्यस्त
काठमाडौं - सत्तारुढ दल एमालेले गर्ने सडक प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । कार्यालय जान लागेकाहरु समयमा घरबाट निस्किए पनि जामको सास्तीमा परेका छन् । प्रदर्शनले सडक र सवारीलाई सास्ती मात्रै दिएको छैन । सरकारी तथा निजी कार्यालयहरू पनि ठप्प बन्न पुगेका छन् । कर्मचारीहरूले १२ बज्नै लाग्दा पनि आफ्नो कार्यालय पुग्न सकेका छैनन् । सेवाग्राहीको अवस्था पनि उस्तै छ । कार्यालय पुगेका सेवाग्राहीले आफ्नो काम गराउन पाएका छैनन् । यसको असर राजधानीका विद्यालयहरूमा परेको छ । विद्यार्थी र शिक्षकहरू अहिलेसम्म पनि विद्यालयमा पुग्न सकेका छैनन् । घण्टौँ जाममा फसेका सर्वसाधारणहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका…