आज मितिः २०८३ बैशाख ९ गते

राष्ट्रिय फोटो पत्रकार समूह चितवनलाई होटल भिष्टाले गर्‍यो स्वागत

चितवन,मंसिर ५ । राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा चितवनको पहिलो बैठक सम्पन्न भएको छ । आज (बुधबार) सौराहा स्थित होटल भिष्टामा संस्थाका अध्यक्ष सन्तोष बस्ताकोटीको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको हो ।

सो बैठकबाट फोटो पत्रकारको क्षमता वृद्धिको बिस्तार, नेतृत्व बिकास, अभिमुखिकरण, जीवन शैली पर्यटन लगाएत पक्षसँग जोड्दै फोटो सम्बन्धी तालिमका लागि आवश्यक पहल गर्ने निर्णय भएको छ ।

त्यस्तै, चितवनका ७ वटै पालिकाको प्रमुखहरुसँग छलफल कार्यक्रम तय गरी पालिकाको सम्भावित पर्यटकिय प्रबर्द्द्नमा फोटोको भूमिकाको सम्बन्धमा बैठक तथा कार्यक्रम गर्ने, संस्थाको हरेक बैठक नियमित सन्चालन गर्ने, संस्थाको बैक खाता सन्चालनका लागि आवश्यक पहल गर्ने, संस्थाको कार्यसमिती सदस्य तथा साधारण सदस्यहरुको परिचयपत्र बनाउनका लागि आवश्यक पहल गर्ने, साधारण सदस्य वृद्धि गर्दै लैजाने निर्णय भएको छ ।

साथै कायक्रममा राष्ट्रिय फोटो पत्रकार समूह चितवनको नवनिर्वाचित कार्यसमितीलाई होटल भिष्टा सौराहाका संचालक रमेश सिलवालले खादा अबिरले स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए ।

उनले पछिल्लो समय फोटो तथा भिडियो मार्फत पत्रकारिताको क्षेत्र फराकिलो बन्दै गएको बताए । फोटो पत्रकारले फोटोको माध्यवबाट देशलाई विश्वमा परिचित गराउने काम गर्दै आएको उनको भनाई थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.