४ मंसिर, सौराहा : चितवनको पर्यटकीय स्थल रत्ननगर वडा नं. ८ सौराहाको बाघमारा स्थित चर्चित होटल जंगल क्राउन प्रा.लि ‘४ तारे’ होटल बन्ने भएको छ । सौराहाकै स्तरीय होटलको रुपमा परिचत होटल जंगल क्राउन सञ्चालनमा आएको १० वर्षपछि ‘४ तारे’ लक्जरी होटलमा स्तरोन्नति हुने भएको हो ।
व्यवसायी डा.तिलचन्द्र भट्टराईको अगुवाईमा होटल जंगल क्राउनले ‘४ तारे’ स्तर वृद्धि गर्न नयाँ बन्ने तीन तले ४० कोठे भवनको एक कार्यक्रमका बीच पूर्व पर्यटन मन्त्री प्रेम आलेले शिलन्यास गरेका छन् ।
४३ कोठामा चलि रहेको होटलमा थप ४० कोठा थपेर ‘४ तारे’ बनाउन लागेको होटल जंगल क्राउन होटलका सञ्चालक तथा कार्यकारी प्रमुख सन्तोष गिरीले जानकारी दिए । होटलमा बस्ने ग्राहकहरूलाई स्वीमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क दिने गरि सरकारले तोकेको मापदण्डा पूरा गर्दै ‘४ तारे’ स्तरमा स्तरबृद्धि गर्न लागेको होटलका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले जानकारी दिए ।
भवनमा फरक–फरक स्वाद र परिकारका रेष्टुरेन्ट, ५ सय बढी क्षमताको मिटिङ हल, ४ वटा स्वीट रुमसहित ३६ वटा डिलक्स कोठा, २ वटा स्वीमिङ पुल, स्पा, हेल्थ क्लबलगायत सम्पूर्ण सुविधासहितको होटल बनाउन सुरु गरिएको होटलका सञ्चालक गिरीले जानकारी दिए ।
‘निर्माण सुरु भएको २ वर्षभित्र नयाँ कोठाहरु सञ्चालनमा आउनेछ’, सञ्चालक गिरीले भने, अनि ‘४ तारे’ होटलको रुपमा जंगल क्राउन स्तरोउन्नति हुनेछ ।’ दुई विघा बढी क्षेत्रफलमा स्तर बृद्धि हुन लागेको होटल जंगल क्राउनको हालसम्म गरि झन्डै एक अर्ब रुपैयाँ लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ ।
आगमी दुई वर्ष भित्र सबै सडक संरचना निर्माण भईसक्दा होटल जंगल क्राउन पनि सञ्चालन भई यस क्षेत्रमा पर्यटकको ओईरो लाग्ने हुदा होटल मार्फत विदेशी मुद्रा सहजै आर्जन गर्न सकिने होटलको शिलन्यास गर्दै पर्यटनमन्त्री आलले बताए । उनले भने, ‘विदेशमा गएर पसिना बगाउने नभई अब स्वदेशमै विदेशीलाई बोलाएर विदेशी मुद्रा आर्जन गर्ने बेला आएको छ । ’