आज मितिः २०८३ बैशाख ८ गते

विद्युत प्राधिकरणको अनियमितता छानबिन गर्न समिति गठन

काठमाडौं-

 

सरकारले नेपाल विद्युत प्राधिकरणमा भएका अनियमितताका विषयमा छानबिन गर्न समिति गठन गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश हरिकुमार पोखरेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो। आयोगमा एक जना प्राविधिक र चार्टर्ड एकाउन्टेन्ट सदस्य रहनेछन्।

यो समितिले सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल आयोगले औंल्याएका अन्य विषयबारे पनि छानबिन गर्नेछ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले सूचना आयोगको प्रमुख आयुक्तमा सुरेश आचार्यलाई नियुक्त गरेको छ। सदस्यहरूमा गगन विष्ट र दुर्गा भण्डारी नियुक्त भएका छन्।

सभामुख देवराज घिमिरे, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ र नेपाल पत्रकार महासंघ अध्यक्ष रहेको समितिले आचार्य, विष्ट र भण्डारीलाई प्रमुख आयुक्त र आयुक्त सिफारिस गरेको थियो।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरह भूमिका दिइएका वैकुण्ठ अर्यालको राजीनामा पनि स्वीकृत गरेको छ। उनले गत सोमबार पदबाट राजीनामा दिएका थिए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.