यी कामहरू गर्न पाइँदैन उपनिर्वाचनको मौन अवधिमा
काठमाडौं- आइतबार हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ। मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्मको समयलाई मौन अवधि मानिन्छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आयोगले मौन अवधि लागू गर्ने गर्छ। मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइँदैन। साथै कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ। एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको छ। सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता काम गर्न पनि नपाइने आयोगले जनाएको छ। निर्वाचन प्रचारप्रसार निषेध…