आज मितिः २०८३ बैशाख ६ गते

पञ्चामृत बहुउद्धेश्यीय सहकारीको २८ औँ वार्षिक साधारण सभा सम्पन्न

१० मङ्सिर, रत्ननगर । रत्ननगर नगरपालिकाको वडा नम्बर १०, भानुचोकमा रहेको पञ्चामृत बहुउद्धेश्यीय सहकारी संस्था लि. ले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै २८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभा अन्तर्गत संस्था संग सम्बन्धित विविध व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको छ । किसान सन्तोष अधिकारी धेरै दुध उत्पादन गर्नेमा प्रथम भएका छन् । उनले १३ हजार लिटर भन्दा बढी दुध बिक्री गरेका थिए, त्यस्तै ऋषि कुमारी बगाले दोस्रो, मेघनाथ रेग्मी तृतीय र विष्णुमाया श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरिन । गुणस्तरीय दुध तर्फ यम प्रसाद भट्ट, निरन्तर दुध ल्याउने कविराज मगर, असल ऋणी फुलमती महतो र उत्कृष्ठ कर्मचारी तर्फ व्यवस्थापक आशिष महतोले पुरस्कार हात पारेका छन् । उत्कृष्ठहरुलाई कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालिका १० नम्बर वडाका अध्यक्ष कलाधर पौडेलको हात बाट पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले वडाका सम्पूर्ण किसानहरुको पक्षमा वडा कार्यालयले सहयोगी भूमिका खेलिरहेकोमा आगामी दिनमा थप प्रभावकारी ढंगले अनुदानका कार्यक्रम अगाडी बढाईने बताएका छन् । पछिल्लो समयमा स्यालको संख्या बढेर पशु चौपायालाई टोक्ने र रेबिज फैलने क्रम बढेको भन्दै पौडेलले रेबिज विरुद्धको भ्याक्सिनमा वडाले कार्यक्रम ल्याउने बताए ।

कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारीका अध्यक्ष किशोर बगाले, चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष भिष्मराज खनाल, रत्ननगर नगरपालिका सहकारी शाखाकी उर्मिला दाहाल, संस्थाका निवर्तमान अध्यक्ष मणिप्रकाश खतिवडा, पुर्व अध्यक्ष गोपी प्रसाद अधिकारी, धर्मराज अधिकारी, सल्लाहकार श्याम बराल, रत्ननगर खानेपानीका अध्यक्ष माधव प्रसाद अर्याल लगायतले बोलेका थिए ।

साधारण सभाले किसानलाई दुधमा प्रतिलिटर ५० पैसा अनुदान दिने निर्णय गरेको छ । संथाको उपाध्यक्ष उषा राना मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई संस्थाका सचिव जगदिशचन्द्र बरालले संचालन गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष मुरली प्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.