आज मितिः २०८३ आश्विन ९ गते

ब्रेकिङ न्यूज

चितवन समाज युएइको बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम

चितवन समाज युएइको बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम

दुबई- चितवन समाज युएइले अंग्रेजी नया बर्ष सन् २०२५ , तमु लोसार तथा पन्ध्र पुसको अवसर परेर बनभोज तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सार्वजनिक बिदाको दिन वादी अल स्वक्दम बनभोज स्थलमा ७७ जिल्लाबाट नै उपस्थितिमा कार्यक्रम गरिएको हो । हरेक बर्ष नेपाली तथा अंग्रेजी नया बर्ष तथा नेपालीहरुको महान पर्बहरुमा युएइमा रहेका नेपालीहरुलाई जमघट गराइ विभिन्न कार्यक्रम गर्दै आएको चितवन समाज युएइका अध्यक्ष  बिजय अधिकारीले बताउनु भयो ।   https://uddarnews.com/wp-content/uploads/2024/12/cyg-vedio.html विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएको र प्रवासमा रहेर पनि यहाका विभिन्न सस्थासंग हातेमालो गर्दै चाडपर्बहरुमा विभिन्न कारयक्रम गर्दै आएको र अझै गर्दै जाने महासचिब दीपक सिवाकोटीले…
Read More
मेयरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मेयरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं-   काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। घुस तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा ९ करोड २२ लाख ४० हजार ३२ रूपैयाँ ३३ पैसा बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ। बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित हुन्। उनी नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति समेत छन्।    
Read More
चितवनमा लुम्बिनी सेरामिक्स टायल्सको डिलर उद्घाटन

चितवनमा लुम्बिनी सेरामिक्स टायल्सको डिलर उद्घाटन

चितवन - नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टायल्स, लेमिनार टायल्सको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले आफ्नो पहिलो एक्स्क्लुसिभ डिलर चितवनको टाँडीमा सञ्चालनमा ल्याएको छ । रत्ननगर वडा नं ३ शान्तिचोक स्थित जय गोरखाली टायल्स एण्ड मार्बल सप्लायर्सलाई डिलर नियुक्त गरी लुम्बिनी सेरामिक्सले डिलर उद्घाटन गरेको हो ।   शनिबार आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी र लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरियालले सयुक्त रुपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलर उद्घाटन गरेका थिए । कम्पनीको डिलरसीपका चार श्रेणीहरूमध्ये “एम्पोरियो“ सबैभन्दा प्रिमियम हो, जसले लुम्बिनी सेरामिक्सद्धारा उत्पादित टायल्सको सम्पूर्ण संग्रहहरुको वितरण गर्छ । यहि वर्षको मंसिरबाट औपचारिक उत्पादनमा आएको…
Read More
सौराहामा सफारी पर्यटनको नविनता खोज्न अन्तरसंवाद

सौराहामा सफारी पर्यटनको नविनता खोज्न अन्तरसंवाद

चितवन- चितवनको पर्यटन विकासका सौराहामा शुक्रबार सर्वपक्षिय अन्तरसंवाद कार्यक्रम गरिएको छ । १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत क्षेत्रीय होटल संघ चितवन, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, पर्यटन कार्यालय सौराहाले चितवनको पर्यटन हिजो र आज, सफारी पर्यटनमा विविधता, मौलिकता र नविनता विषयक अन्तरसंवाद कार्यक्रम गरिएको हो ।   चितवनको सफारी पर्यटनसंग सरोकार राख्ने नेपाल सरकार, पर्यटन व्यवसायी, निकुञ्ज र संरक्षणकर्मीहरु बीच सफारी पर्यटनको सम्भावना र स्थायित्वका विषयमा बहस गरिएको संघका महासचिव गुणराज थपलियाले बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पर्यटन विज्ञ तथा इकोलोजिष्ट डा.सिद्धार्थ ब्रज ब्रजचार्यले चितवनको सफारी पर्यटनले मुलुककै पर्यटन उद्योगमा सकरात्मक छाप छोड्न सफल भएको बताए । चितवनको…
Read More
नेपालका तीन रेमिटेन्स कम्पनीको इजाजतपत्र खारेज

नेपालका तीन रेमिटेन्स कम्पनीको इजाजतपत्र खारेज

काठमाडौं-   नेपाल राष्ट्र बैंकले ३ रेमिटेन्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ। केन्द्रीय बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिटेन्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालिको इजाजतपत्र खारेज गरेको हो।     राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार यी कम्पनीहरुको लाइसेन्स खारेज गरेको जनाएको छ। राष्ट्र बैंकले विप्रेषण कारोबारमा पारदर्शिता, विश्वसनीयता र नियमनको पालना नभएकाले लाइसेन्स खारेज गरिएको बताइएको छ । यस कदमले रेमिटेन्स सेवा क्षेत्रमा सुधार ल्याउने अपेक्षा राष्ट्र बैंकको छ ।   लाइसेन्स खारेज भएका कम्पनीहरुसँग लेनदेन गर्ने कुनै व्यक्ति वा संस्थाले ३५ दिनभित्र लिखित जानकारी दिन पनि राष्ट्र बैंकले आग्रह गरेको…
Read More
पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेख - दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ। अब ७० मिटर मात्र खन्न बाँकी छ।     दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो।   विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ। चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियोभने ड्रिलिङको काम…
Read More
खैरहनी महोत्सवमा दर्शक उर्लिए ,पल र शान्तिको प्रस्तुतिले तात्यो माहोल

खैरहनी महोत्सवमा दर्शक उर्लिए ,पल र शान्तिको प्रस्तुतिले तात्यो माहोल

चितवन-   तेस्रो खैरहनी महोत्सव छैटौं दिन अपरान्ह मौसम चिसिदै थियो । सार्वजनिक बिदा भएकाले पनि दर्शकको उपस्थिति निकै बाक्लो देखिन्थ्यो । दिउँसोदेखिनै दर्शकलाई गायिका शान्ति रानी परियारले मनोरञ्जन दिलाएकी थिइन् ।   शान्तिको गितमा भरपुर मनोरन्जन लिएका दर्शकले अपरान्ह अभिनेता पल शाहको उपस्थितिले झनै माहोल तताउन सुरु गरे । शान्ती रानिको म त ढले ढले भन्ने गितमा झुमेका दर्शकलाई अभिनेता पल शाहले नृत्य मार्फत झनै झुलाईदिए । सांझको मौसम चिसिदै गएपनी पल शाहको नृत्यले दर्शकले चिसोको कुनै प्रवाह गरेनन् । लामो समय स्टेजमा देखिएका शाहले सांझै सम्म मनोरञ्जन दिलाए । बुधबारनै बाल गायक सुप्रिम मल्ल ठकुरीको प्रस्तुति पनि रहेको…
Read More
चितवन हात्ती महोत्सवको तयारी पुरा : भोली उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने

चितवन हात्ती महोत्सवको तयारी पुरा : भोली उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने

रत्ननगर - चितवनको पर्यटकीय नगरी सौराहामा भोली विहीबारबाट सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुँदैछ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् ।   महोत्सव सुरु हुनुपूर्व सौराहामा भब्य शोभायात्रा निकालिने छ । चितवनको पर्यटन विकासका लागि सौराहामा हात्ती तथा पर्यटन महोत्सव आयोजना गरिएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । महोत्सवको अबसर पारेर व्यवसायीहरुले आन्तरिक तथा बाह्रय पर्यटकका लागि १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । व्यवसायीहरुले पौष १० देखि…
Read More
भरतपुर टाउन टोल विकास संस्थाको साधारण सभा तथा अधिवेशन सम्पन्न

भरतपुर टाउन टोल विकास संस्थाको साधारण सभा तथा अधिवेशन सम्पन्न

चितवन भरतपुर महानगरपालिका वडा नं. १२ स्थित भरतपुर टाउन टोल विकास संस्थाको चौथो साधारण सभा तथा दोश्रो अधिवेशन धावन पार्टी प्यालेस मा सम्पन्न भएको छ । नयाँ कार्य समिति गठनमा गायत्री श्रेष्ठ अध्यक्षमा निरविरोध चयन हुनुभएको छ। अध्यक्ष श्रेष्ठ सहित ९ सदस्यीय चयन भएको  उक्त टोल विकासको उपाध्यक्षमा कालीदाश पाण्डे, सचिवनमा दिपक सापकोटा, सह-सचिवमा ,निरु अधिकारी कोषाध्यक्षमा अर्पणा श्रेष्ठ,  सदस्यहरुमा दिलिप श्रेष्ठ ,कमला श्रेष्ठ ,पुनम श्रेष्ठ र रिता कौडेल  चयन हुनुभएको छ भने लेखा समिति संयोजकमा विमल राज कालाखेती सदस्यमा बालकृष्ण श्रेष्ठ र मिरा अधिकारी चयन हुनुभएको छ । भरतमणी खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १२…
Read More
हात्ती तथा पर्यटन महोत्सवको तयारी तिव्र, चर्चित कलाकारहरुले दर्शक झुमाउने

हात्ती तथा पर्यटन महोत्सवको तयारी तिव्र, चर्चित कलाकारहरुले दर्शक झुमाउने

५ पौष, रत्ननगर । पर्यटकिय नगरी सौराहामा आगामी पौष ११ देखी १५ गते सम्म आयोजना हुने १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । बाघमारा चौरमा आयोजना हुने सो महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् । कार्यक्रममा ११ गते गायिका ऋतु कंडेल र चर्चित वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, १२ गते चर्चित लोक तथा दोहोरी गायक लोक सम्राट राजु परियार, १३ गते चर्चित गायिका अन्नु चौधरी, १४ गते चर्चित हास्य कलाकार मनोज गजुरेलको प्रस्तुती रहने हात्ती खेलकुद प्रतियोगिता साथै सांस्कृतिक कार्यक्रम तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषिराम तिवारीले जानकारी दिनुभएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.