आज मितिः २०८३ बैशाख १३ गते

भरतपुर टाउन टोल विकास संस्थाको साधारण सभा तथा अधिवेशन सम्पन्न

चितवन

भरतपुर महानगरपालिका वडा नं. १२ स्थित भरतपुर टाउन टोल विकास संस्थाको चौथो साधारण सभा तथा दोश्रो अधिवेशन धावन पार्टी प्यालेस मा सम्पन्न भएको छ । नयाँ कार्य समिति गठनमा गायत्री श्रेष्ठ अध्यक्षमा निरविरोध चयन हुनुभएको छ।

अध्यक्ष श्रेष्ठ सहित ९ सदस्यीय चयन भएको  उक्त टोल विकासको उपाध्यक्षमा कालीदाश पाण्डे, सचिवनमा दिपक सापकोटा, सह-सचिवमा ,निरु अधिकारी कोषाध्यक्षमा अर्पणा श्रेष्ठ,  सदस्यहरुमा दिलिप श्रेष्ठ ,कमला श्रेष्ठ ,पुनम श्रेष्ठ र रिता कौडेल  चयन हुनुभएको छ भने लेखा समिति संयोजकमा विमल राज कालाखेती सदस्यमा बालकृष्ण श्रेष्ठ र मिरा अधिकारी चयन हुनुभएको छ ।

भरतमणी खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष श्री लेखराज पन्त  प्रमुख अतिथि रहनु भएको थियो भने अतिथिमा मुक्तिनगर टोलविकास संस्थाका अध्यक्ष देवी कार्की न्यौपाने ,सेन्ट्रल टाउन टोल विकास संस्थाका अध्यक्ष कुश्मा पन्त, वेद बहादुर थापा  ,टेक बहादुर थापा, भोज राज कौडेल, गीता रत्न शाह ,डा शारदा कुवँर ,डा. चन्द्र प्रकाश सेढाइ, बद्रिमान श्रेष्ठ ,राम नाथ घिमिरे  रहनु भएको थियो । उद्घाटन वडा अध्यक्षले टोल विकासको व्यानर पढेर गर्नु भएको थियो ।

कार्यक्रम सत्ञ्चालन टोलका सचिव कालिदास पाण्डेले गर्नुभएको कार्यक्रममा आफ्नो प्रगति प्रतिवेदनमा अहिले सम्म भए गरेका सम्पूर्ण कामहरुको वेलिविस्तार गर्दै आफुले कार्यक्रम सञ्चालन गर्दा कहि कसैलाइ छुटाउन नखोजेको र राम्रो समाज परिवर्तनका निम्ति राम्रा कामहरुलाई बढुवा दिएको भन्दै वृस्तित वार्षिक प्रगति प्रतिवेदन पढेर सुनाउनु भयो ।

टोल विकासका कोषाध्यक्ष दिपक सापकोटाले आफ्नो आर्थिक प्रतिवेदनमा टोल गठन भएको लामो समय भएपनि हामिले टोलमा हाम्रो कार्यकाल भित्र शुन्य खाताबाट शुरु गरेको संस्थालाइ सहयोगी मनहरुको मन जित्दै आर्थिक संकलनमा आफै संयोजक बनेर संस्थालाइ आर्थिक हिसाबले चलायमान राख्नन सवै टोल बासीहरुको मन जित्न सफल भएको र यसै कारण आजको कार्यक्रममा  सवै जसो अतिथि ज्युहरुले भावी दिनहरुमा आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने वाचा गर्नु भएको जानकारी दिनु भयो । सहयोगी मनहरुमा दिपक राज अधिकारीले अस्त व्यस्त रहेको टोल अगाडीको पार्किङ् व्यवस्थापनको लागी कर्मचारीलाई तलब सुविधा प्रदान गर्नु भएको बताउनु भयो ।तेस्तै गरी वेद बहादुर थापाले १ वर्षको कार्लायलयको लागी भाँडा व्यवस्थापन गरिदिनु भएको र विमल राज कालाखेतीले कार्यलय सञ्चालनको लागी डेक्स सौजन्य गरिदिनु भएको तेस्तै इ. भोजराज कौडेलले आवश्यक पर्दा विभिन्न समयमा सहयोग गर्नुभएको यस कार्यक्रममा भएको खाना खर्च पनि इ. भोजराज कौडेल र वेद बहादुर थापाबाट सौजन्य भएको पनि बताउनु भयो । तेस्तै गरी माला विमल राज कालाखेती बाट र अतिथिहरुलाइ मायाको चिनो अध्यक्ष भरतमणी खनालबाट सौजन्य भएको पनि बताउनु भयो र यस्ता बौद्धिक र सामाजिक व्यक्तिहरुलाई सधै टोलले अभिलेख राख्नने र सम्मान दिने कुरा कोषाध्यक्ष दिपक सापकोटाले बताउनु भयो ।

यो कार्य समितिले राम्रो गरेको निवर्तमान कार्य समितिलाई धन्यबाद दिदै अतिथि प्रा.डा. चन्द्र प्रकाश सेढाइले टोलबासीमा कुनै  पनि किसिमको मनोरोगको निशुल्क परामर्श दिने कुरा बताउनु भयो भने अतिथि डा. शारदा कुवँरले टोलका दिदिबहिनीहरुलाई स्त्री रोग सम्बन्धी निशुल्क जाँच गराइदिने बताउनु भयो । तेस्तै गरी अतिथि बद्रिमान श्रेष्ठले अबको कार्यसमितिले राम्रो काम गरोस भन्ने हेतुले रु १००००/- नगद दिने घोषणा गर्नु भयो । अतिथि बन प्राविधिक संघका अध्यक्ष समाज सेवी गोविन्द पाण्डेले आवश्यक परेको खण्डमा टोललाई सक्दो सहयोग गर्ने बाचा गर्नु भयो ।

प्रमुख अतिथिका रुपमा वडाका अध्यक्ष लेखराज पन्त हरिले  समाज रुपान्तरणको लागी तह र तपका मिलेर मात्र सम्भव रहेको बताउदै समाजमा भाइ चाराको सम्बन्ध प्रगाढ गरियो भने मात्र विकास सम्भव रहेको  वताउदै १२ नं. वाडमा सवै टोल विकासहरुको भवन रहेको तर यस टोलमा कुनै भवनको लागी जमिन जुराउन नसकेको  जिकिर गर्दै सवैलाइ धन्यबाद दिदै नया कार्यसमितिलाई शुभकामना दिनु भयो ।

टोल विकास संस्थाका अध्यक्ष भरतमणी खनालले आफ्नो पद हस्तान्तरण गर्दै गर्दा दुख लागेता पनि अहिलेको नयाँ समिति तथा जिम्मेवार व्यक्तिको हातमा सुम्पेकोमा खुशी लागेको बताउनु भयो साथै अहिले सम्म भए गरेका कामहरुको  वृस्तित रुपले प्रस्ट्याउदै आफुले समाज परिवर्तनको लागी आफ्नो समितिले धेरै राम्रो काम गरेको र नयाँ चयन समितिले यस्ता राम्रो कामहरुको बढुवा दिने कुरामा विश्वस्त छु भन्दै शुभकामना  तथा धन्यवाद दिनुभयो र कार्यक्रम सफल र भब्य रुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।

 

 

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.