आज मितिः २०८३ बैशाख १३ गते

मेयरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं-

 

काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

घुस तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा ९ करोड २२ लाख ४० हजार ३२ रूपैयाँ ३३ पैसा बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ।

बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित हुन्। उनी नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति समेत छन्।

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.