आज मितिः २०८३ बैशाख १३ गते

चितवन समाज युएइको बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम

दुबई-

चितवन समाज युएइले अंग्रेजी नया बर्ष सन् २०२५ , तमु लोसार तथा पन्ध्र पुसको अवसर परेर बनभोज तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सार्वजनिक बिदाको दिन वादी अल स्वक्दम बनभोज स्थलमा ७७ जिल्लाबाट नै उपस्थितिमा कार्यक्रम गरिएको हो ।

हरेक बर्ष नेपाली तथा अंग्रेजी नया बर्ष तथा नेपालीहरुको महान पर्बहरुमा युएइमा रहेका नेपालीहरुलाई जमघट गराइ विभिन्न कार्यक्रम गर्दै आएको चितवन समाज युएइका अध्यक्ष  बिजय अधिकारीले बताउनु भयो ।

  https://uddarnews.com/wp-content/uploads/2024/12/cyg-vedio.html

विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएको र प्रवासमा रहेर पनि यहाका विभिन्न सस्थासंग हातेमालो गर्दै चाडपर्बहरुमा विभिन्न कारयक्रम गर्दै आएको र अझै गर्दै जाने महासचिब दीपक सिवाकोटीले जानकारी दिनु भयो ।

कार्यक्रममा चितवन समाज युएइका प्रमुख सल्लाहकार गोबिन्द ढकाल,नेपाली समाज युएइका उपाध्यक्ष , चितवन समाज युएइका निबर्तमान अध्यक्ष गणेश न्यौपाने, चितवन समाज युएइका केन्द्रीय सदस्य दीपा सुबेदी लगायतले उपस्थिति सबैलाई अंग्रेजी नयाबर्ष तथा लोसारको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा तातो आलु, उपस्थितिको कुपन गोलाप्रथाबाट बिजय हुने तीन तीन जनालाई पुरस्कारको व्यवस्था गरिएको थियो । विभिन्न समयमा समाजलाई योगदान पुर्याउनुहुने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा करिब ३५० जनाको उपस्थिति रहेको थियो ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.