आज मितिः २०८३ बैशाख १३ गते

नेपालका तीन रेमिटेन्स कम्पनीको इजाजतपत्र खारेज

Uddar News

काठमाडौं-

 

नेपाल राष्ट्र बैंकले ३ रेमिटेन्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ। केन्द्रीय बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिटेन्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालिको इजाजतपत्र खारेज गरेको हो।

 

 

राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार यी कम्पनीहरुको लाइसेन्स खारेज गरेको जनाएको छ। राष्ट्र बैंकले विप्रेषण कारोबारमा पारदर्शिता, विश्वसनीयता र नियमनको पालना नभएकाले लाइसेन्स खारेज गरिएको बताइएको छ । यस कदमले रेमिटेन्स सेवा क्षेत्रमा सुधार ल्याउने अपेक्षा राष्ट्र बैंकको छ ।

 

लाइसेन्स खारेज भएका कम्पनीहरुसँग लेनदेन गर्ने कुनै व्यक्ति वा संस्थाले ३५ दिनभित्र लिखित जानकारी दिन पनि राष्ट्र बैंकले आग्रह गरेको छ । यो अवधि भित्र कुनै दाबी नआएमा कम्पनीहरुको बैंक जमानत स्वतः फुकुवा हुने बताएको छ । राष्ट्र बैंकले दाबी गर्दा बैंक जमानतभित्र उपलब्ध रकमसम्म मात्र हिसाब हुने प्रावधान रहेको पनि स्पष्ट पारेको छ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.