आज मितिः २०८३ कार्तिक १८ गते

ब्रेकिङ न्यूज

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ बस्ने तेह्रथुम घर भएका ३५ वर्षीय नगेन्द्र भेटवाल, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बर्दिया घर भएका ४४ वर्षीय समुन्द्र बहादुर थापा र कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने पाँचथर घर भएका ४४ वर्षीय कुमार खतिवडा रहेका छन् । पक्राउ मध्ये नगेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, समुन्द्रले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ र कुमारले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने…
Read More
आज यी प्रदेशमा मध्यम वर्षा र हिमपातको सम्भावना

आज यी प्रदेशमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं- आज कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बादल तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी, लुुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशको एकरदुई स्थानमा मध्यम सम्मको पनि भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन…
Read More
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा एकतर्फी अवरुद्ध

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा एकतर्फी अवरुद्ध

काठमाडौँ- बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान ६:०० बजेसम्मको विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका छन्। काभ्रेको बीपी राजमार्गमा खुर्कोट(नेपालथोक(कटुञ्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरूका लागि भदौ १६ गतेदेखि लागू हुने गरी विशेष नियम बनाइएको छ। अर्को सूचना नभएसम्म साँझ १९:०० बजेदेखि बिहान ०५:०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधनहरू सञ्चालन हुनेछन्। बिहान ०४:०० बजेदेखि साँझ १८:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधनहरू सुचारु गरिने जनाइएको छ।रसुवाका मुख्य सबै राजमार्गहरू भदौ १० गते बिहान १०:३० बजेदेखि बाढीका कारण पूर्ण रूपमा…
Read More
दुवै महाधिवेशन रोक्न माग गर्दै पेस भएको कांग्रेसको रिट सर्वोच्चबाट दरपीठ

दुवै महाधिवेशन रोक्न माग गर्दै पेस भएको कांग्रेसको रिट सर्वोच्चबाट दरपीठ

काठमाण्डौं- नेपाली कांग्रेसको दुवै महाधिवेशन रोक्न माग गर्दै पेस गरेको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ। अधिवक्ता मनिराम उपाध्यायले आधिकारिक केन्द्रीय समिति कुन हो भन्ने दुविधा रहेको उल्लेख गर्दै पेस गरेको रिटलाई सोमबार रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गर्ने निर्णय गरेका छन्। सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार गगन थापा पक्ष र शेरबहादुर देउवा पक्षले महाधिवेशन घोषणा गरेकाले दुवैको अधिवेशन कार्यतालिका रोक्न माग गर्दै रिट पेस भएको थियो। ‘कांग्रेसको दुवै पक्षको महाधिवेशन मिति तय भएको र त्यसलाई रोकि पाऊँ भन्ने तरिकाले क्रियाशील सदस्यले रिट पेस गर्नुभएको थियो,’ उनले भने, त्यसमा यसअघि भएका आदेशलाई मध्यनजरमा राखेर रिटलाई दरपीठ गर्ने निर्णय गरेको…
Read More
वैरो संघद्वारा एफडब्लुसिएमएसबारे आइएलओको ध्यानाकर्षण

वैरो संघद्वारा एफडब्लुसिएमएसबारे आइएलओको ध्यानाकर्षण

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा नेपाली श्रमिकको भर्नाका लागि त्यहाँको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा नेपाली म्यानपावर कम्पनी छनोट प्रक्रियाबारे अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले ध्यानाकर्षण गराएको छ । संघले सोमबार नेपालका लागि आइएलओका कन्ट्री डाइरेक्टर नुमान ओज्कानसँगको छलफल फलदायी रहेको बताएको हो। संघले मलेसियाको एफडब्लुसिएमएसद्वारा प्रस्तावित प्रणाली, विशेषगरी इजाजतपत्र प्राप्त एजेन्सीहरूका लागि सीमित पहुँच, भेदभाव र असमान व्यवस्थाको प्रावधानबारे आफ्नो गम्भीर चिन्ता राखेको अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले बताए । संघले नेपालबाट जाने आप्रवासी कामदारहरूको अधिकार र हितको संरक्षण गर्दै नेपाल र मलेसियाबीचको बलियो श्रम सम्बन्ध कायम गरी भर्ना तथा छनोटमा निष्पक्षता, पारदर्शिता, समान अवसर र नैतिक अभ्यासहरू…
Read More
गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काटमाण्डौ - गृह मन्त्रालयले परिपत्रअनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानुन बमोजिम कारबाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरिटो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो । परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचयपत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने’ उल्लेख छ…
Read More
युक्रेनलाई रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

युक्रेनलाई रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गरेका छन् । रुसमा डिजेलको आपूर्तिमा केही कठिनाइ उत्पन्न हुने भएकोले राष्ट्रपति ट्रम्पले यस्ता आक्रमण रोक्न आग्रह गरेका हुन् ।। उनले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गरेको समाचार संस्था एपीले जनाएको छ । युक्रेनले पछिल्ला केही महिनादेखि रुसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ । इन्धनको आपूर्तिमा देखिएको दबाबलाई ध्यानमा राख्दै रुसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो । रुस विश्व बजारमा डिजेलको महत्त्वपूर्ण आपूर्तिकर्तामध्ये…
Read More
प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दै

प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दै

काठमाण्डौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ ।
Read More

रिटर्नी फेडेरेसनद्वारा बाढी प्रभावित विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं- रिटर्नी फेडेरेसन नेपालले नुवाकोटको तारकेश्वर–२, तारुकाघाटस्थित बाढी प्रभावित गणेशमान सिंह स्मृति आधारभूत विद्यालयलाई करिब रु. १ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। बाढीका कारण विस्थापित भई हाल तारुकाघाट उप–स्वास्थ्य चौकीबाट पठनपाठन सञ्चालन गरिरहेको विद्यालयलाई स्मार्ट टिभी, स्पिकर, चार थान स्ट्यान्ड फ्यान, ECD बुक सेट, कापी, पेन्सिल, बोर्ड/चार्टलगायत सामग्री प्रदान गरिएको हो।सामग्री हस्तान्तरण कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष विनोद प्रसाद भट्टराई, नेकपा (एमाले) बागमती प्रदेशका उपसचिव रमेश आचार्य, फेडेरेसनका उपाध्यक्ष शान्ति लामा, महासचिव खेम कार्की, बागमती प्रदेश अध्यक्ष एकराज उपाध्याय, केन्द्रीय सदस्यहरू सुदर्शन खतिवडा र विश्व भण्डारी तथा नुवाकोट जिल्ला अध्यक्ष किशोर अधिकारी लगायत सहभागी थिए। त्यसैगरी, विद्यालयका प्रधानाध्यापक…
Read More
तीज पर्वको अवसरमा पशुपतिनाथका चारै ढोका खोलियो

तीज पर्वको अवसरमा पशुपतिनाथका चारै ढोका खोलियो

काठमाण्डौ - आज तीज पर्वको अवसरमा तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ ।यस क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्‍याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी, दोस्रो लाइन जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार, महास्नानघर अघिको १ नं ढोकाअघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकाशे पुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको र्‍याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.