कांग्रेसका चार मन्त्रीको राजीनामा
९ साउन, चितवन । बागमती प्रदेशका चार मन्त्रीले राजीनामा दिएका छन् । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् । राजीनामा दिने मध्येका एक मदुकुमार श्रेष्ठ ले भने,'हामी मुख्यमन्त्री बहादुरसिंह लामाको विपक्षमा छौँ । इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता बनाउन हामीले राजीनामा दिएका हौँ ।' उनले १ वर्ष पुगेपछि सरकारमा हेरफेर गर्ने पहिलेकै सहमतिअनुसार आफूहरूले राजीनामा दिएको पनि दाबी गरे । 'हामी बहादुरसिंह लामा नेतृत्वको सरकारमा छौं । तर पनि इन्द्रबहादुर बानियाँले लामाविरुद्ध अविश्वासको प्रस्ताव हालेर दलको नेता हुन खोज्नु…