भरतपुर चितवन
वे ग्रुप नेपालको १० औ स्थापना दिवस तथा तेश्रो अधिवेशन २०८२ जेष्ठ २४ शनिवार संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भरतपुर महानगरपालिका वडा नं. ४ स्थित फुट मार्ट पार्टी प्यालेसमा सम्पन्न भयो।
प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख चितवनका नारायण प्रसाद अधिकारी रहनु भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरु भरतपुर महानगरपालिका वडा नं.४ का वडा अध्यक्ष अर्पण पोख्रेल ,माननिय पूर्व सामाजिक विकास मन्त्री वाग्मती प्रदेशका विजय सुवेदी, भरतपुर महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज रानाभाट, भरतपुर महानगरपालिका वातावरण तथा विपद व्यवस्थापन महाशाखा प्रमुख विस्सु राम कुवँर ,वे ग्रुप नेपालका संस्थापक संयोजक भोज नारायण कँडेल, गैडाकोट नगरपालिका वडा नं. २ का वडा अध्यक्ष प्रकाश सापकोटा, एन. आ. एन.उपमहासचिव तथा नेपाल सरकार पर्यटन मन्त्रालय सद्भावना दुत वेल्स यू.केका सोम नाथ सापकोटा, वे ग्रुप नवलपुरका अध्यक्ष प्रकाश अधिकारी रहनु भएको थियो । तेस्तै गरी विभिन्न क्षेत्र तथा विधा बाट अतिथिहरु लगायत सामाजिक अभियान्ताहरुको सक्रिय सहभागिता थियो ।
वे ग्रुप नेपाल विगत १० वर्ष देखी समाज र देशको लागी सरसफाई अभियानमा लागीरहेको छ। संस्थाका सचिव शालिकराम आचार्यले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष हरी प्रसाद न्यौपानेले राख्नु भएको थियो भने प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरुले वे ग्रुप नेपालले सदा अग्रसर भइ समाज र देशको लागी सदैव तत्पर भइ लागिरहन आग्रह गर्दे आफु र आफ्नो क्षेत्रबाट हुन सक्ने सक्दो सहयोग गर्नेछौ भनि आफ्ना मन्तब्यहरु राख्नु भयो ।
वे ग्रुप नेपालको तेश्रो अधिवेशनमा दोश्रो बन्द सत्र पश्यात निर्वाचन समितिका सोम नाथ सापकोटा, विजय सापकोटा र चुडामणी सापकोटाको निर्णय अनुसार निर्विरोध नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष दिपक गौतम ,उपाध्यक्ष हरी प्रसाद न्यौपाने,सचिव शालिकराम आचार्य, सह-सचिव अनिता पोख्रेल, कोषाध्यक्ष बाबुराम बस्नेत,सह-कोषाध्यक्ष तुलसी कँडेल तेस्तै सदस्यहरुमा निर्मला अधिकारी (निरु),लोकनाथ बञ्जरा, संगीता खड्का, रामचन्द्र अर्याल ,चन्द्रावती आचार्य, बले कुमार श्रेष्ठ र मोहन हरी कोइराला निर्वाचित भएका छन् ।
नितान्त सामाजिक कार्यमा अग्रसर गैर नाफामुलक यस संस्थालाई माया गरी अधिवेशन खर्च देश भित्रै रहनु भएका र विदेश रहनुभएका विभिन्न वे ग्रुप नेपालका शुभचिन्तकहरुले आर्थिक तथा जिन्सी सामाग्री सहयोग गर्नु भएको थियो । नव निर्वाचित वे ग्रुप नेपालका पदाधिकारी तथा सदस्यहरुलाई आगामी दिनहरुमा अझै सक्रिय रुपमा सफल तरिकाले मन, बचन र कर्मले अगाडी बड्न आग्रह गर्दे कानुनी सल्लाहकार चुडामणी सापकोटाले शपथ ग्रहण गराइ अध्यक्ष दिपक गौतमले कार्यक्रम समापन गर्नु भयो ।