आज मितिः २०८३ बैशाख ५ गते

गोरखा रत्ननगर सम्पर्क समाजको तेस्रो भेला रत्ननगरमा सम्पन्न 

रत्ननगर –

गोरखा रत्ननगर सम्पर्क समाजको तेस्रो भेला रत्ननगरमा शनिबार गरिएको छ। गोरखा जिल्लाबाट बसाइँसराइ गरी रत्ननगर नगरपालिकामा आएर बसेकाहरूको तेस्रो बृहत भेला रत्ननगरमा गरिएको हो ।

यसअघिको भेलाबाट गठित तदर्थ समितिले संस्था दर्तालगायतका आवश्यक काम सम्पन्न गरिसकेको र छिट्टै प्रथम साधारण सभा तथा अधिवेशन गर्ने तयारी भइरहेको समाजका अध्यक्ष बेद प्रसाद पाण्डेले जानकारी दिए ।

 

भेलाका प्रमुख अतिथि बागमती प्रदेशका सांसद कृष्ण खनालले गोरखाको ऐतिहासिक महत्त्व स्मरण गर्दै पृथ्वीनारायण शाहले गोरखाबाटै नेपाल एकीकरणको सुरुवात गरेको उल्लेख गरे। उनले संगठित भएर काम गर्दा ठूलो उपलब्धि हासिल गर्न सकिने बताए। यस्तै, वडा नम्बर १० का वडाध्यक्ष कलाधर पौडेलले संस्थामा आवद्ध हुनुले आफन्तहरू चिनिने अवसर प्राप्त हुने भन्दै वडाले संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

 

संस्थाका अध्यक्ष पाण्डेले वडा नम्बर १० बाट स्थापना भएको यो संस्थालाई रत्ननगर नगरपालिकाका १६ वटै वडामा सदस्यता विस्तार गर्दै सामाजिक कार्यहरूमा सक्रिय बनाउने योजना रहेको बताए। उनले आगामी दिनमा संस्थाले सामाजिक हितका विभिन्न कार्यहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

कार्यक्रममा संस्थाका उपाध्यक्ष एकराज पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष कपिल घिमिरेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे।

संस्थाकी सह-सचिव कविता भट्ट ढकालले संस्था गठनको अनुभव सुनाउँदै मन्तव्य राखिन्। त्यस्तै, संस्थाका सदस्य रामकृष्ण लम्सालले गोरखाबाट रत्ननगरमा बसाइँसराइ गरी आएका सबैलाई संस्थामा आवद्ध हुन आग्रह गरे। कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुर्यमणी ढकालले गरेका थिए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.