आज मितिः २०८३ बैशाख ६ गते

सरकारको नीति तथा कार्यक्रम वैशाख १९ मा सार्वजनिक हुने

काठमाडौं – संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक हुने भएको छ। सभामुख देवराज घिमिरेले मंगलबार प्रतिनिधिसभामा उक्त जानकारी दिएका हुन्।

संविधानअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्नेछन्। बैठकमा सहभागी सांसदहरू राष्ट्रिय पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था छ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि आगामी आर्थिक वर्षको बजेट तयारी प्रक्रिया अघि बढ्नेछ। नीति तथा कार्यक्रमले सरकारको प्राथमिकता, योजना र कार्यदिशा निर्धारण गर्ने भएकाले यसलाई महत्वपूर्ण मानिन्छ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.