आज मितिः २०८३ बैशाख ६ गते

देशभर बदली, वर्षा र हिमपातको सम्भावना : जनजीवनमा प्रभाव पर्न सक्ने चेतावनी

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु, र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले मौसममा विविधता देखिएको छ। यसको कारणले कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै केही स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आजको मौसम पूर्वानुमान:

– दिउँसो:

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

– राति:

कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

– तराई क्षेत्र:

लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ, जसले दैनिक जनजीवनमा असर पार्न सक्छ।

सतर्कता:

जल तथा मौसम विज्ञान विभागले वर्षा, हिमपात, र हावाहुरीको सम्भावनाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक, र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.