सडकको सुट्केसमा फेला परेकी महिलाको शवको पहिचान खुल्यो
रौतहट - रौतहटको गौर नगरपालिका–९ मुडवलव सडकमा सुट्केसमा फेला परेकी महिलाको शवको पहिचान खुलेको छ। माधवनारायण नगरपालिका–६ माधोपुर माइत भई हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबिकुमारी साह सुडिको शव रहेको प्रहरीले जानकारी दिएको छ। सुटकेसभित्र मृत फेला परेकी महिला भारतको मुज्जफरपुर जिल्ला रक्साटोलका शिवसागर साहको श्रीमती रहेको पुष्टि भएको रौतहटका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक ९डिएसपी० राजु कार्कीले बताए। उनका अनुसार ब्यूटी पार्लर जान्छु भनेर घरबाट निस्केकी रुबिकुमारी बेलुका ६ बजे परिवारले फोन गर्दा फोन नलागेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। आजभन्दा २० वर्षअघि देखि नै शिवसागर माधोपुर गाउँ छाडेर स–परिवार…