आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन वायुको प्रभाव कायम रहँदादुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी बर्षा हुने बताएको छ। आज दिउँसो देशका अधिकांश स्थानमा बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान र लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। महाशाखाले आइतबार र…