युक्रेनको सैनिक हिरासतमा रहेका चितवन खैरहनीका सुजन सुवेदीको रिहाइको माग गर्दै शान्तिपूर्ण र्याली आयोजना हुने
चितवन - युक्रेनको सैनिक हिरासतमा रहेका चितवनको खैरहनी नगरपालिका निवासी सुजन सुवेदीको रिहाइको माग गर्दै २०८२ माघ २ गते शुक्रबार भरतपुरको चौबिसकोठी क्षेत्रमा शान्तिपूर्ण र्याली आयोजना गरिने भएको छ। र्याली दिउँसो १२ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। केही वर्षअघि विद्यार्थी भिसामा उज्ज्वल भविष्यको सपना बोकेर रुस पुगेका सुवेदी युक्रेन–रुस युद्ध सुरु भएपछि आर्थिक अभावका कारण अन्यत्र रोजगारी नपाएपछि रसियन सेनामा आबद्ध भएका थिए। सेनामा सहभागी भएको केही महिनापछि उनी परिवारसँग सम्पर्कविहीन भएका थिए। पछि एक युक्रेनी पत्रकारमार्फत आएको भिडियो सन्देश परिवारको ह्वाट्सएपमा प्राप्त भएपछि सुवेदी युक्रेनको सैनिक हिरासतमा रहेको जानकारी परिवारले पाएको थियो। उनका सहोदर भाइ सौजन सुवेदीका अनुसार…