एमआरपीभन्दा धेरै मूल्यमा नुन बेचे तीन लाखसम्म जरिवाना
काठमाडौं- आयो नुनको एमआरपीभन्दा धेरै मूल्य लिएर बिक्री गर्ने पसललाई ३ लाखसम्म जरिवाना हुने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गरेर बजारमा एमआरपीभन्दा धेरै मूल्यमा आयो नून बिक्री भइरहेको गुनासो आएकाले मूल्य धेरै लिएमा ३ लाखसम्म जरिवाना हुने बताएको हो। ‘साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री भइरहेको आयो नूनमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको छ भन्ने गुनासो आएको छ। यस विभागबाट अनुगमन हुँदा काठमाडौं महानगरपालिका- १३ सोल्टीमोडस्थित म्याक्रो मिनी मार्टमा विभिन्न वस्तुको एमआरपीभन्दा बढी मूल्य लिई बिक्री वितरण भइरहेको पाइएको छ। उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा २० ठ बमोजिम अनुचित…