नेपाली कांग्रेस चितवनको फरक र नौलो अभ्यास, दलित जनजाति र खसआर्यले एकैठाउँमा खाए खाना
आशिष अधिकारी / चितवन - नेपाली कांग्रेस चितवनले बिहिवार भरतपुरमा एक नयाँ फरक खालको कार्यक्रमको आयोजना गरेको छ । आफुलाइ लोकतान्त्रिक पार्टी बताउदै आएको काङ्ग्रेसले चितवनमा अहिलेसम्मकै नयाँ र फरक अनुभुती दिने खालको कार्यक्रम आयोजना गरेको जनाएको छ । यसै क्रममा बिहिवार नेपाली काङ्ग्रेस चितवनले भरतपुर १७ स्थित मझुवा सामुदायिक वन परिसरमा सहभोज नामक कार्यक्रम सम्पन्न गरेको छ । जातीय समता दिवस २०८१ को अवसरमा सहभोज कार्यक्रम सम्पन्न गरेको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । दलित समुदायबाट खाना बनाउने, जनजाती समुदायबाट खाना बाड्ने र खस आर्य समुदाय सहित सबैजना खाना खाने गरी व्यवस्थापन गरिएको कार्यक्रममा पुग्ने जो…