आज मितिः २०८२ बैशाख १६ गते

चितवन सेवा समाजद्धारा पिडितलाई आर्थिक सहयोग

चितवन-

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पिडितको उद्धारको लागि आर्थिक सहयोग गरेको छ । मंगलबार समितिले पूर्बी चितवनको रत्ननगर र खैरहनीमा आर्थिक रकम सहयोग गरेको हो ।

चितवन सेवा समाजको विभिन्न राष्ट्रमा रहेका शाखाहरुको सहयोग र आजिवन सदस्यहरुले संकलन गरिएको रकम पिडितहरुलाई हस्तान्तरण गरिएको हो । रत्ननगर नगरपालिका वडा नम्बर १६ का कलेजो प्रत्यारोपणको लागि केही सहयोगको लागि समितिले २७ हजार २ सय नगद हस्तान्तरण गरेको हो ।

समितिका केन्द्रीय अध्यक्ष दिपक गौतमले पिडित विकास रानालाई चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै खैरहनी नगरपालिका खोरस्वरकी दिल कुमारी घिसिङ जसको कुवेतमा मृत्यू भएको थियो उनको छोराको लागि ५० हजार रुपैया अध्यक्ष दिपक गौतमले हस्तान्तरण गरे ।

आर्थिक सहयोग कार्यक्रममा रत्ननगर १६ का वडा सदस्य ज्ञानेन्द्र रेग्मी, वडा सचिव मञ्जु पौडेल, समाजसेवी शन्तोष लामा, मुना कोईराला, संभु रिमाल, चितवन समाज साईप्रसकी अध्यक्ष सवी थापा, चितवन सेवा समाज मलेसियाका संरक्षक सुरेश भण्डारी, साँस्कृतिक संयोजक नेत्र जी पन्त, समितिका रत्ननगर संयोजक रामु पौडेल तथा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा विकाश रानाका पिता टेक राना र आमा देव कुमारीलाई समतिका अध्यक्ष दिपक गौतमले यो सानो सहयोग हो हामीले अझ थप के गर्न सक्छौ गर्नेछौ भन्दै विकाश रानाको स्वास्थ्य लाभको कामना गरे ।
त्यस्तै कुवेतमा मृत्यू भएकी घिसिङका छोरा तथा बुबा र दिदीबहिनीहरुलाई चेक हस्तान्तरण गर्दै अध्यक्ष गौतमले धैर्यधारण गर्न र समाजले परेको बेला सहयोग गर्ने बताए ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.