चितवन-
हप्ताको एकदिन एकछिन समाजको लागी कार्यक्रमको नियमित शृङ्खला वे ग्रुपले गर्दै आएको छ । यस अन्तर्गत भरतपुर महानगरपालिका १० स्थित मैयादेवी कन्या कलेज अगाडि रहेको चितवन माविको खेल मैदानको मर्मत एवम सरसफाई कार्यक्रम गरेको छ ।
गत सोमबार कार्यक्रममा वातावरण प्रेमी, खेल प्रेमी एवम् स्थानीय बासिहरुको सहभागी रहेको थियो ।
कन्या कलेज अगाडिको खेलकुद मैदान तथा चितवन माविको मैदानमा सरसफाई अभियान चलाएको कावा अध्यक्ष दिपक गौतमले जानकारी दिए । उनले प्रत्येक सोमबार सरसफाई गरिने बताए ।