जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू—भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।