आज मितिः २०८२ असार ६ गते

नेपाली कांग्रेस चितवनको फरक र नौलो अभ्यास, दलित जनजाति र खसआर्यले एकैठाउँमा खाए खाना

आशिष अधिकारी / चितवन –

नेपाली कांग्रेस चितवनले बिहिवार भरतपुरमा एक नयाँ फरक खालको कार्यक्रमको आयोजना गरेको छ । आफुलाइ लोकतान्त्रिक पार्टी बताउदै आएको काङ्ग्रेसले चितवनमा अहिलेसम्मकै नयाँ र फरक अनुभुती दिने खालको कार्यक्रम आयोजना गरेको जनाएको छ । यसै क्रममा बिहिवार नेपाली काङ्ग्रेस चितवनले भरतपुर १७ स्थित मझुवा सामुदायिक वन परिसरमा सहभोज नामक  कार्यक्रम सम्पन्न गरेको छ । जातीय समता दिवस २०८१ को अवसरमा सहभोज कार्यक्रम सम्पन्न गरेको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।

दलित समुदायबाट खाना बनाउने, जनजाती समुदायबाट खाना बाड्ने र खस आर्य समुदाय सहित सबैजना खाना खाने गरी व्यवस्थापन गरिएको कार्यक्रममा पुग्ने जो कोहि पनि काङ्ग्रेसको नौलो अभ्यास देखेर चकित भएका थिए । ब्राहमण, क्षेत्री, गुरुङ, मगर, लामा, थकाली, चेपाङ, दराई, बोटे, कुमाल, शेर्पा, परियार, माझी लगाएत चितवन जिल्लामा बसोवास गर्ने ३५ जातजातीका करिब दुई सय भन्दा बढि स्थानिय व्यक्तिहरूको उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा सभापति राजेश्वर खनालले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर पार्टीले यस्तो कार्यक्रम आयोजना गरेको उल्लेख गर्नुभयो । उहाँले सहभोज कार्यक्रमका माध्यामबाट समाजमा रहेको जातीय विभेद अन्त्य गर्नमा टेवा पुग्ने पनि बताउनुभयो ।

सभापति खनालले नेपाली कांग्रेसको नीति अनुसार समतामुलक समाज निर्माण अभियानमा जातीय निरङ्कुशताबाट समाजलाई बाहिर ल्याउनका लागि संस्थापक नेता वि.पी. कोइरालाले पार्टी स्थापना संगै जेठ १० गते दलित समुदायका वीचमा सहभोज गरी समता दिवस प्रारम्भ गर्नुभएको स्मरण स्वरुप कार्यक्रम आयोजना गरिएको प्रष्ट पार्नुभयो ।

जिल्ला सहसचिव गोपाल दराईले सञ्चालन गर्नुभएको  कार्यक्रममा स्थानिय व्यवस्थापन नेपाली कांग्रेस वडा कार्यसमिति, भरतपुर-१७ को तर्फबाट वडा सभापति भरत पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टी उपसभापति राजीव न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रदेसभा सदस्य गीता गुरुङ, महासमिति सदस्य चन्द्रध्वज गुरुङ,वेल बहादुर गुरुङ,दलित संघका पूर्व केन्द्रिय सदस्य विर बहादुर लोहनी (वि.क), स्थानिय जनप्रतिनिधि लक्ष्मी देवी महतो, वडा सभापति भरत पौडेल लगाएतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सांसद माया श्रेष्ठ, जिल्ला उपसभापति शालिग्राम शर्मा, सहसचिव दिनेश अधिकारी, जिल्ला सदस्यहरू हिरामणी अधिकारी, ज्योत्सना अधिकारी, दामोदर न्यौपाने, कल्पना पौडेल, कमला दवाडी, रिता महतो, महेन्द्रसेन ठकुरी, नेपाली कांग्रेसका नेताहरू लक्ष्मीकान्त दवाडी, तुलाराम गुरुङ, सरस्वती पाण्डे, विष्णु ढकाल, सूर्यहरी मरहठ्ठा, सीता शर्मा ढकाल, रामप्रसाद अधिकारी, निर्मलराज पौडेल, वाजिराम परियार, नरजंग प्रजा, डिल्लिराज चेपाङ, बकिल प्रजा, पूर्ण गुरुङ, मन्दिरा पोख्रेल, बुद्धि विश्वकर्मा लगाएतका नेता तथा कार्यकर्ता हरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भरतपुर-२३ निवासी बलराम बोटे, हिरू बोटे, विनोद बोटे र दिपक बोटे पार्टी प्रवेश गर्नुभएको थियो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.