चितवन-
चितवन समाज ईजरायलले भरतपुरको देवज्योति आधारभुत विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको आयोजनामा शुक्रबार विद्यालयमा उनिहरुलाई ६४ हजार २०० प्रदान गरिएको हो ।
छात्रबृत्ति हस्तानतरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज सापकोटाले प्रवासमा बसेर पनि आप्mनो देशका दुरदराजमा रहेका बिद्यालय र त्यहाँ अध्ययनरत गरिव विद्यार्थिहरुको भविष्यको लागि आर्थिक सहयोग गर्नु भएको र अझ आप्mनो विद्यालयलाई संझनु भएकोमा चितवन समाज ईजरायललाई विशेष धन्यवाद दिनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद न्यौपानेले यस विद्यालयमा अध्ययनरत विद्यार्थिहरुको उज्वल भविष्यको लागि सहयोग गर्न भएकोमा यसले ठूलो टेवा पुगेको बताउनु भयो ।

संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारीले प्रवासमा पसिना बगाएर आप्mनो जिल्लामा भई परि आउने धेरै समस्यामा सहयोग गर्दै र विदेशमा टिकट नपाएर होस् या विभिन्न कारणले समस्यामा परेकाहरुलाई चितवन सेवा समाजले सहयोग गर्दै आएको र अझै गर्दै जाने जानकारी दिनु भयो ।
समाजकी सल्लाहकार तथा चितवन समाज ईजरायलकी संस्थापक सिता ढकालले ईजरायलमा शुरु देखि नै आपसि हातेमालो गर्दै विभिन्न दुःख पिडामा नेपालीहरुको उद्धारको लागि आर्थिक रकम संकलन गरेर सहयोग गर्दै आएको बताउन् भयो ।

समितिका सचिव एचपि न्यौपानेले संञ्चालन गर्नु भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष दिपक गौतमले प्रवासमा रहेका शाखाहरुले विभिन्न विद्यालयलाई छात्रबृत्ति प्रदान गर्दै आएकोले यसलाई गलत प्रयोग नहोस र विद्यार्थिहरुलाई शिक्षक अविभावकहरुले पनि मनन गर्दै उनिहरुको उज्वल भविष्यलाई मधयनजर गर्नु पर्नेमा जोड दिनुभया ।