चितवन-
चितवनको भरतपुर–१० कटहरचोकमा रहेको ओम शान्ति एकेडेमीमा विद्यार्थीले झाकि सहित साडेला नृत्य प्रस्तुत गरेका छन ।
नृत्य शिक्षक रिता पुलामी मगरको निर्देशनमा रहेको उक्त कार्यक्रममा २ सय भन्दा बढीको उपस्थिति रहेको थियो ।
कक्षा ४ देखि ७ सम्मका सहभागी विद्यार्थीको भिड लागेको थियो ।
शेखर राप्चाले क्यामेरामा साथ दिएका उक्त कार्यक्रम बुद्ध जयन्ती तथा किराँतहरुको पर्व उभौली पर्बको उपलक्ष्यमा प्रस्तुत गरिएको हो ।
ओम शान्ति विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्मको अध्ययन हुँदै आइरहेको विद्यालयका प्रिन्सिपल टेकबहादुर श्रेष्ठले बताउनुभयो । विद्यार्थी एवं अभिभावकको रोजाइमा परेको एकेडेमीले दुई वटा होस्टेलबाट विद्यार्थीलाई सुविधा दिँदै आएको छ ।