आज मितिः २०८२ बैशाख १६ गते

श्रममन्त्रीलाई खुल्ला पत्र- खै श्रम स्वीकृति ?

रवि भट्ट/ चितवन-

मन्त्री ज्यू नमस्कार !

संसदमा समय दिई सके पछि आफूले गर्ने कामलाई पनि मध्य नजर राखि दिनुहोला ।

अहिले तपाईको पार्टीलाई जताततैबाट घेरिरहे पनि केही हुनेवाला नहोला यद्धेपि तपाई त श्रमिकहरुको पिडा, समस्या र दलालीहरुको काम कार्बाही बुझेको मान्छे । कर्मचारीहरुले समेत अहिले उल्टोपाल्टो गर्दिन्छन् त्यो हामीलाई थाहा छ ।

यति बेला वैदेशिक रोजगार विभागको सर्भरमा आएको समस्याका कारण सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा सोमबार दिनभर समस्या आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिक समस्यामा कस्तो होला ?

 

फेमिसको ‘सर्भर डाउन’ भएर कार्यालयबाट हुने काम ठप्प हुँदा वैदेशिक रोजगारीमा जानका लागि टिकट काटेर बसेकाहरू श्रम स्वीकृति नपाउँदा विदेशमा कम्पनिले जागिर देला कि नदेला? भिषा सकियो त्यो समय के होला? टिकट अर्काे लिनु प¥यो त्यो के होला? यो त यहाँले मज्जाले बुभ्mनु भएकै छ ।

 

अनलाइन श्रम स्वीकृतिमा बारम्बार समस्या देखिनुको पछाडि के रहस्य छ वा साच्चै समस्या हो एक पटक स्वयं उपस्थिति भई अवलोकन गर्ने कि ?

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.