आज मितिः २०८३ मंसिर २ गते

मङ्सिरका लागि ६ वटा बैंकहरूले ब्याजदर घटाए

काठमाण्डौ –

मङ्सिर १ गतेदेखि लागू हुने गरी २० वाणिज्य बैंकमध्ये १४ वटाले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ वटाले ब्याजदर हेरफेर गरेका छन् ।

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६१ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट घटाएर ३.९० प्रतिशतमा झारेको छ ।

त्यस्तै माछापुच्छ्रे बैंकले ४।५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशत, एनएमबी बैंकले ४.५० प्रतिशतबाट घटाएर ३.२५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ ।
कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा एभरेस्ट बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आईएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईएमबी बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकमा औसत ३.९८ प्रतिशत रहेकोमा मङ्सिरमा घटेर ३.८७ प्रतिशत कायम भएको छ । यसले बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदरमा ०.११ प्रतिशत विन्दुको कमी आएको देखाएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.