देशमा पछिल्लो चौबीस घन्टामा विभिन्न भूभागमा छिटपुटदेखि हल्का र मध्यम वर्षा भएको छ। आज सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
त्यस्तै संखुवासभाको टासी गाउँमा ३७ मिलिमिटर वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा छिटपुटदेखि हल्का वर्षा मापन भएको छ।
त्यस्तै कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू(भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।
राति कोशी तथा गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।