काठमाण्डौ –
छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएर समापन गरिदैँ छ।
आइतवार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जागा बसेका ब्रतालुहरुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि ब्रत पूरा भएको छ ।
छठ मनाउँदै गरिएका नदी, पोखरी तथा जलाशय किनारमा व्रतालुहरुको घुईंचो छ । छठ पर्वका अवसरमा तराई मधेशसँगै काठमाण्डौ उपत्यका र अरु ठाउँका नदी, पोखरी तथा जलाशयका किनार सिंगारेर झकिझकाउ बनाइएको छ ।
यस वर्ष सरकारले छठ पर्व व्रतको समापनका अबसरमा आज पनि सार्वजनिक विदा दिएको छ । अघिल्ला वर्षहरुमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात कात्तिक शुक्ल षष्ठीका दिन सार्वजनिक विदा दिदै आएकोमा यो वर्ष षष्टी र सप्तमी दुबै दिन बिदा दिएको हो ।