आज मितिः २०८३ मंसिर १ गते

जन्मदिनमा मानवीय सहयोग: अशक्त संगीतालाई ह्वीलचेयर प्रदान

चितवन-


भोजपुर जिल्ला षडानन्द नगरपालिकाकी अशक्त संगीता भट्टराई कार्कीलाई रोमिन गैह्रेको जन्मदिनको उपलक्ष्यमा ह्वीलचेयर प्रदान गरिएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका रामहरि गैह्रेका ज्येष्ठ सुपुत्र रोमिन गैह्रेको जन्मदिनको पावन अवसरमा ह्वीलचेयर खरिदका लागि अमेरिकाबाट आर्थिक सहयोग पठाइएको थियो।


हाल चितवनको भरतपुर महानगरपालिका–गौरीगञ्जमा डेरा गरी बस्दै आउनुभएका कमल कार्कीले ह्वीलचेयरको आवश्यक्ता परेको जानकारी गराएलगतै आर्थिक सहयोगबाट पत्रकार रवि रोषिले अशक्त संगीतालाई ह्वीलचेयरको व्यवस्था गर्नु भएको हो ।

संगीता पाँच वर्षअघि भोजपुरमा रहँदा रुखबाट खसेर मेरुदण्ड भाँचिएपछि कम्मरदेखि शरीरको तल्लो भाग नचल्ने अवस्थामा पुग्नुभएको थियो। उहाँका श्रीमान् कमल कार्की ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँदै श्रीमतीको उपचार तथा हेरचाह गर्दै आउनुभएको छ।

उक्त सहयोग रकमबाट खरिद गरिएको ह्वीलचेयर आईतबार संगीता भट्टराई कार्कीको डेरामै पुगेर उहाँलाई पत्रकार रोषिले हस्तान्तरण गर्नु भएको हो। जन्मदिन जस्तो खुसीको अवसरलाई सामाजिक सेवासँग जोड्दै अशक्त तथा असहाय व्यक्तिको आवश्यकतालाई सम्बोधन गर्ने यो कार्य अत्यन्तै प्रशंसनीय र अनुकरणीय रहेको पत्रकार रोषिले बताउनु भयो ।

कार्की परिवारले जन्मदिनको पवित्र घडीमा पवित्र मनका साथ गरिएको यस पुण्य कार्यप्रति सहयोगी मनका धनी रोमिन गैह्रेलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ। उहाँको जीवन सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्नु भएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.