आज मितिः २०८३ मंसिर १ गते

मलेसियामा पनि यूएईको जस्तै नेपाली श्रमिकको पासपोर्ट रोक्न नपाइने

काठमाडौं –

मलेसियामा कार्यरत नेपाली श्रमिकको राहदानी यूएईको जस्तै रोजगारदाता कम्पनीले जबर्जस्ती आफ्नो नियन्त्रणमा राख्न नपाउने भएको छ । त्यहाँस्थित नेपाली राजदूतावासले पासपोर्ट फिर्ता नपाएका श्रमिकलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

दूतावासले साप्ताहिक फेसबुक लाइभमार्फत रोजगारदाता कम्पनीले श्रमिकको पासपोर्ट रोक्न नपाउने स्पष्ट पार्दै यस्तो समस्या भोगिरहेका नेपाली श्रमिकलाई दूतावासको सम्पर्कमा आउन पनि अनुरोध गरेको हो ।

यदि कम्पनीले पासपोर्ट फिर्ता नदिएमा श्रमिकले आफ्नो विवरणसहित आधिकारिक फोन, इमेल वा ह्वाट्सएपमार्फत उजुरी गर्न सक्ने जानकारी दिएको छन् । प्राप्त उजुरीका आधारमा सम्बन्धित रोजगारदाता कम्पनीसँग समन्वय गरी पासपोर्ट फिर्ता गराउन पहल गरिने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यसअघि पनि श्रमिकको पासपोर्ट फिर्ता गर्न अटेर गर्ने कम्पनीहरूलाई पत्राचार गरिएको थियो । तर, कतिपय कम्पनीले अझै पासपोर्ट फिर्ता नगरेको गुनासो प्राप्त भइरहेकाले पुनः इमेलमार्फत ताकेता गर्ने तयारी गरिएको छ ।

रोजगारका लागि मलेसिया पुगेका नेपाली श्रमिकका लागि पासपोर्ट नदिने र प्रहरीले चेकिङ गर्दा नभए पछि निकै दुस्ख दिदँै आएको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.