आज मितिः २०८३ मंसिर २ गते

अब युरोपेली देशले रुवान्डामा आप्रवासी फिर्ती केन्द्र खोल्ने

सन् २०२७ देखि रुवान्डामा युरोपेली संघका पाँच देशले पनि आप्रवासी फिर्ती केन्द्र खोल्ने भएका छन् ।

जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रीस र नेदरल्यान्ड्सले यससम्बन्धी योजना सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

आफ्नो देशमा अवैध रूपमा बसिरहेका र देश निकाला गर्नुपर्ने आप्रवासीलाई रुवान्डा पठाइने ती देशले जनाएका छन् । विशेषगरी आफ्नो देश फर्काउन नसकिने आप्रवासीका लागि यो व्यवस्था गरिने उनीहरुले जनाएका हुन् ।

रुवान्डा पुगेका आप्रवासीले त्यहाँको समाजमा घुलमिल भएर बस्न वा आफ्नो देश फर्कन सक्ने ईयूका पाँच राष्ट्रले घोषणा गरेका हुन् ।

शुरुमा यो योजना परीक्षणका रूपमा सञ्चालन गरिने र झण्डै एक सय जनालाई राख्न सकिने उल्लेख छ । तर, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भने यस योजनाको आलोचना गर्दै यसमा मानवता र भविष्य नदेखिएको टिप्पणी गर्नुभएको छ ।

साथै मानवअधिकारवादी संस्थाहरूले पनि यस योजनाले आप्रवासीको अधिकार उल्लङ्घन हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । पाँच देशले भने यो योजना युरोपेली संघको शरण प्रणालीलाई व्यवस्थित बनाउन र मानव तस्करी नियन्त्रण गर्न सहयोगी हुने दाबी गरेका छन् ।(बीबीसी

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.