आज मितिः २०८३ बैशाख २२ गते

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

काठमाडौं –

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्।

अध्यादेश जारी गर्न सरकारले पुन: राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमा राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेका हुन्।

यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले जारी गरेका थिए। तर, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै सरकारलाई फिर्ता पठाएका थिए।

सोही अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताकोतस्तै जारी गर्न पुन: सिफारिस गरेको थियो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.