काठमाण्डौ –
गाउँ पर्यटन प्रवर्द्धन मञ्चको २७औँ वार्षिक साधारण सभा तथा १३औ अधिवेसनले हरिशरण थपलियालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।
काठमाण्डौको होटल जि रामायन ठमेलमा सम्पन्न अधिवेशनले थपलियालाई अध्यक्ष र अजीब भट्टलाई महासचिवमा चयन गरेको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मनहरि दाहाल, द्वितीय उपाध्यक्षमा विनोद वस्ती, महासचिवमा अजिब भट्ट र सचिवमा सुरेन्द्र भट्ट निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा इन्दिरा रिमाल न्यौपाने र सह-कोषाध्यक्षमा नारायण सोडारी रहनुभएको छ ।
त्यस्तै सदस्यको रूपमा प्रदिपकुमार तामाङ, सुनिता पौडेल दवाडी, विनोद ढकाल र सुनिता अधिकारी न्यौपाने निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथी रास्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल विशेष अतिथिहरु बागमती प्रदेश सस्कृति पर्यटन मन्त्रालयका सचिब दिपेन्द्र सुबेदी, नेपाल पर्यटन बोर्ड उपाध्यक्ष कमल सापकोटा,पर्यटन कार्यलय प्रमुख पबन पोख्रेल, तारागाउँ बिकाश समितिका सदस्य सचिब महेन्द्र थापा,चन्द्रकोट गाउँपालिका अध्यक्ष युबराज के। सि, बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट,पर्यटन बोर्ड सदस्यहरु नाथम बिभागीय प्रमुख अजय ढकाल ,पर्यटन बिद डा बि।पि।बडाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम भिटोफ नेपालकी अध्यक्ष सकुन्तला देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।