आज मितिः २०८३ बैशाख ५ गते

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक पक्राउ

काठमाण्डौ –

प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालकलाई पक्राउ गरेको छ।

सिन्धुली, सुनकोसी गाउँपालिका–७ घर भई जिल्ला काठमाडौं नागार्जुन नगरपालिका–५ आदेश्वर बस्ने ६६ वर्षीय इन्द्रलाल गोले पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकमा रहेको वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं नामक संस्थाबाट वैदेशिक रोजगारीमा पीडित भएका व्यक्तिहरूबाट उजुरी निवेदन लिने र कानुन विपरीत रकम असुल उपर गर्ने जस्ता कार्य हुने गरेको भन्ने सूचनाको आधारमा निज सञ्चालक गोलेलाई पक्राउ गरिएको हो।’

सञ्चालक गोलेलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सो सम्बन्धमा सोधपुछ गर्दा तपसिलका व्यक्तिले आफू संस्थाको अध्यक्ष रहेको बताई विभिन्न किसिमका अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको प्रहरीले दाबी गरेको छ।

पक्राउ परेका निज गोलेलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज चार दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले बताए। (रासस)

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.