आज मितिः २०८२ माघ १८ गते

भरतपुरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

चितवन –

चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर ९अधिकृत आठौँ तह० भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

 

 

सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

 

इन्जिनियर रा।प। तृतीय श्रेणीबाट ०४८र१०र०६ मा सेवा प्रवेश गरेका आचार्यले ०८०र०३र०६ गतेसम्मको अवधिमा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ अवैधानिक सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ। आचार्यले पेस गरेको सम्पत्ति विवरणसँग उक्त रकम अमिल्दो तथा अस्वाभाविक देखिएको आरोपपत्रमा उल्लेख छ।

 

अख्तियारले ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बिगो कायम गर्दै आचार्यविरुद्ध मुद्दा दायर गरेको हो। उनकी श्रीमती लिली सुवेदीसमेतलाई जफत प्रयोजनार्थ प्रतिवादी कायम गरिएको छ। नयाँ पत्रिका दैनिकबाट

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.