दुवई –
एनआरएनए ( एनसिसि ) को आयोजनामा भएको चौथो भलिबल प्रतियोगितामा तनहूँ सेवा समाज प्रथम भएको छ ।
दुबईस्थिति अल वार्सन स्टेडियममा भएको भलिवल खेलमा १० टीम सहभागिता थियो । कार्यक्रमको प्रमुख अतिथि एनआरएनए आइसिसि का उपाध्यक्ष मनोज कुमार श्रेष्ठ
गोर्खालि रहनु भएको थियो एनआरएनए आइसिसिका उप महासचिव प्रवीण गुरुङ विशिष्ट अतिथि, मध्य पुर्बिय सम्योजक रमेस श्रेष्ठ अतिथि रहनु भएको थियो ।

मध्य पुर्वका युवा सम्योजकद्वय बिकास शाहि र निरन्जन सिलवालको पनि उपस्थिति थियो युएइमा कृयासिल बिभिन्न्न राजनितिक दलहरुका प्रवासि नेताहरुको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व नेपाल एसोसियसन एनआरएनए (एनसिसि )का अध्यक्ष भिम मल्ल ठकुरीले गर्नु भयको थियो ।
उक्त कार्यक्रमको सम्योजक अपिल भट्टराई हुनु थियो भने कार्यक्रमको सन्चालन कमल जङ कार्किले गर्नु भयको थियो । कार्यक्रममा कुशल नृत्यकार बिपना सुनार र पुनम सेन्चुरीले आकर्षण नृत्य प्रस्तुत गरेर दर्शकहरुलाइ मनोरञ्जक प्रस्तुत गर्नु भयको थियो ।
प्रतियोगिता निकै कडा र रोचक भएकोमा प्रथम स्थान तनहुं सेवा समाज युएइ दोश्रो स्थान कास्कि आदर्स समाज युएइ तेश्रो स्थानमा हातेमालो प्रवासी समुह युएइले प्राप्त गरे ।
प्रथम स्थान प्राप्त गर्ने समुहले युएइ दिराम ११,१११ राशि , दोश्रो स्थानको समुहले युएइ दिराम ६,६६६ तेश्रो स्थानले युएइ दिराम ३,३३३ राशि सहित कप, मेडल, हरेक खेलाडीहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो ।