आज मितिः २०८३ बैशाख १० गते

सरकारले वहुविवाहलाई प्रोत्साहन गर्ने तयारी गरेको भन्दै सेवा नेपालको विरोध

चितवन-

सरकारले वहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानुनको मस्यौदा तयार गरेको भन्दै त्यसकोे विरोध भएको छ । सामाजिक उद्यमी महिला संजाल नेपाल (सेवा नेपाल)ले रत्ननगरमा एक कार्यक्रमविच विरोध गरेको हो ।

 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक चर्चा र सञ्चारमाध्यममा आएका समाचारप्रति सेवा नेपालले आपत्ति जनाएको हो ।

 

सोमबार प्रेस विज्ञप्ती जारी गरी सेवा नेपालले वहुविवहा सम्बन्धी कानुनले महिला थप हिंसामा पर्ने र त्यसले समाजमा विखण्डन ल्याउने जनाएको छ ।

मुलुकी अपराध संहिताले २०७५ भदौ १ गते देखि पूर्ण रुपमा उन्मुलन गरेको वहुविवाह सम्बन्धी कानुनी प्रावधानलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले खारेज गरी निश्चित परिस्थितीमा बहुविवाह गर्न पाउने कानुन ल्याउन लागेको विषयले सम्पूर्ण नेपाली महिलाहरुको ध्यानाआकर्षण तथा गम्भिर आपत्ति रहेको छ विज्ञप्तीमा भनिएको छ ।

 

सेवा नेपालकी अध्यक्ष टीका अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा अहिले ल्याउन लागेको कानुनी व्यवस्थाले घर परिवारमा द्धन्द्ध सृजना हुने, महिला माथिको हिंसा वृद्धि हुने, महिलाहरु सधैं दासीको रुपमा रहने, समाजमा विकृति बढ्ने र मानसिक रोगीको संख्या वृद्धि हुने उल्लेख गरिएको छ । बहुविवहा सम्बन्धी कानुन मान्य नरहेको भन्दै सेवा नेपालले कानुन मन्त्रालयले ल्याउन लागेको उक्त मस्यौदाप्रति घोर निन्दा र भ्रत्सना गर्दै उक्त मस्यौदालाई तत्काल रोक्न जोडदार माग गरेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.