आज मितिः २०८२ कार्तिक २३ गते

सहिद – खगेन्द्र धामी

मैले तिमी जस्ता,
वीर योद्धाहरुलाई सम्झिँए,
तिमी जस्ता अमर सहिदलाई सम्झिँए,
तिमी जस्ता होनहार सपुतलाई सम्झिँए,
जो आफ्नो ज्यानको बाजी लगायौ,
देश अनि जनताको लागी लड्यौ,
छातीमा गोलि खान तयार भयौ,
अनि रगतका धारा बगाउन तयार भयौ१

कति महान् थियौ, तिमी,
कति निस्वार्थी थियौ तिमी,
कति निडर थियौ तिमी
अनि कति बहादुर थियौ तिमी रु
जो अन्तिम साससम्म,
देशको लागि लड्यौ,
यो माटोको लागि लड्यौ,
देशको गौरवको लागि लड्यौ,
स्वाभिमानको लागि लड्यौ,
जनताको लागि लड्यौ,
र त
देशलाई बिजयको पथमा दोहोर्‍यायौ,
निरङ्कुश सत्तालाई ढाल्यौ,
अनि इतिहास रच्यौ,
त्यसैले त तिमी मरेर गए पनि,
तिमी जीबित छौ,
हरेक मान्छेको फेर्ने सासमा छौ,
हरेकको खाने गासमा छौ,
हरेकको बग्ने रगतमा छौ,
अनि धड्किने मुटुमा छौ११

तिमी अमर छौ,
तिमी अमर रहने छौ,
तिमीलाई अमर राखिरहने छौँ,
तिम्रो त्यो देशको लागि गरेको बलिदान,
जनताको लागि गरेको आहुती,
तिम्रो त्यो देशभक्ति,
हामी जनताले बिर्सिने छैनौँ,
तिम्रो त्यो वीरता,
तिम्रो त्यो साहस,
र स्वाभिमान सधैं सम्झिरहने छौँ।

हामी तिम्रो बलिदान भुल्न सक्दैनौँ,
र चाहन्नौँ पनि बिर्सिन,
किनकि,
हामीले भुल्न सोच्यौँ मात्र भने पनि,
तिम्रो त्यो आत्माले सताउने छ,
तिम्रो रगतको खोलाले सराप्ने छ।

त्यसैले तिमी अमर छौ,
र अमर नै रहने छौ …

धनगढी, कैलाली

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.