आज मितिः २०८३ बैशाख १० गते

सौराहामा अल डे डाइनिङ रेस्टुरेन्ट माझीघरूको शुभारम्भ, चौविसै घण्टा रेष्टुरां सेवा 

चितवन-

पर्यटकीय नगरी सौराहामा रोयल ट्युलिप चितवनद्वारा अल(डे(डाइनिङ रेस्टुरेन्ट ूमाझीघरूको शुभारम्भ भएको छ । लुभर होटल्स ग्रुप अन्तर्गत केटिएम हस्पिटालिटीद्वारा सञ्चालित एक लक्जरी ५(तारे रिसोर्ट, रोयल ट्युलिप चितवनले आज आफ्नो नयाँ अल(डे(डाइनिङ रेस्टुरेन्ट “द माझीघर” को सौम्य शुरुवात ९सफ्ट ओपनिङ० को घोषणासगैं शुभारम्भ गरेको हो । सौराहमा रहेको यो रिसोर्टको आगमनले यस क्षेत्रमा भोजन र आतिथ्य सत्कारको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ ।

माझी र थारु समुदायको समृद्ध सांस्कृतिक परम्पराबाट प्रेरित ‘माझीघर’ ले न्यानो र आमन्त्रित वातावरण प्रदान गर्ने केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहले बताउनुभयो । पाहुनाहरूले स्थानीय विभिन्न प्रकारका परिकारहरूको आनन्द लिन सक्छन्। स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय दुवैको अनुभव प्रदान गरेर चितवनको आतिथ्य परिदृश्यलाई समृद्ध बनाउने प्रतिवद्धत उहाँको भनाइ छ ।

हामले अहिले रेष्टुरांको मात्र सफ्ट शुभारम्भ गरेका हौं, उहाले भन्नुभन्यो छिटै आगामी असोजदेखि होटल भव्य उद्वघाटनसहित सुरू गर्नेछौं । चितवन राष्ट्रिय निकुञ्जको किनारमा अवस्थित यस रिसोर्टमा ६५ वटा सुन्दर कोठा र भिलाहरू छन् । जसले परिष्कृत आरामलाई प्रकृतिको मनमोहक सुन्दरतासँग जोड्ने काम गरेको अध्यक्ष शाहको भनाइ छ ।

४ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा सुन्दर ढंगले डिजाइन गरिएका आवासहरू छन्। जसमा विशेष पुल भिला, वाटर भिला र माचान सुइटहरू रहेका छन्, जुन सबैले मनमोहक दृश्य र विलासी सुविधाहरू प्रदान गरेका छन् । पाहुनाहरूले स्पा, फिटनेस सेन्टर, पौडी पोखरी र माझीघर, फरेस्ट फ्लेम, माचान ९एक घुम्ने डेक० र जीवन्त तनावी स्पोट्र्स बारमा विविध भोजन अनुभव जस्ता विश्व–स्तरीय सुविधाहरूको आनन्द लिन सक्छन्।

 

प्रकृतिको सुन्दरता, र जंगली जनावरका अवलोकनले आनन्दित तुल्याउनुका साथै क्षेत्रीय पर्यटनलाई बढावा दिन, स्थानीय रोजगारीका अवसरहरू सिर्जना गर्न र चितवनमा विलासिताका लागि नयाँ बेन्चमार्क स्थापित गर्ने प्रयास भएको उहाँले बताउनुभयो । “रोयल ट्युलिप चितवनले नेपालको पर्यटन उद्योगलाई सुदृढ पार्न, स्थानीय अर्थतन्त्रलाई सहयोग गर्न र सौराहाका स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । रिसोर्टका महाप्रबन्धक सचिन शर्माले उपरोक्त दृष्टिकोण लाई आत्मसात गर्दै रिसोर्ट संचलन गर्नेमा प्रतिबद्ध रहेको जानकारी बताउनुभयो । उहाँले भन्नुभयो,“दिगो विकासप्रति प्रतिबद्ध, रोयल ट्युलिप चितवनले इन–हाउस वाटर बोटलिङ प्लान्ट र स्थानीय रूपमा उपलब्ध सामग्रीहरूको प्रयोग जस्ता पहलहरू सुरु गरेको छ, जसले १०० भन्दा बढी स्थानीय रोजगारी सिर्जना गर्ने छ । ”नेपाल र विश्वभरका विशिष्ट यात्रुहरूलाई आकर्षित गर्न व्यक्तिगत सेवाहरू सहित विलासी आराम प्रदान गर्नमा केन्द्रित रहेको बताउनुयभो । सबै पाहुनाहरूका लागि सहज र अविस्मरणीय अनुभव सुनिश्चित गर्नेछ उहाँको विश्वास छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.