आज मितिः २०८३ बैशाख ८ गते

एञ्जल्स वर्ल्ड स्कुलका विद्यार्थी अभिनित छोटो चलचित्र “इमान्दार” सार्वजनिक

९ श्रावण, रत्ननगर ।
रत्ननगर १० स्थित एञ्जल्स वर्ल्ड स्कुलमा नाट्यकला अध्ययन गर्ने विधार्थीहरुद्वारा अभिनित सचेतानात्मक छोटो चलचित्र “इमान्दार” सार्वजनिक गरिएको छ । ह्याप्पी मिडियाको आधिकारीक यु-ट्युब च्यानलमा सार्वजनिक ३ मिनेटको उक्त छोटो चलचित्रले विद्यार्थीहरुलाई इमान्दारिता र नैतिकताको बाटोमा लाग्न प्रेरित गर्ने लेखक तथा निर्देशक रामु आचार्य बताउछन । आचार्य स्कुलका नाट्यकला कक्षाका प्रशिक्षक समेत हुन् ।

स्कुलले पाठ्यक्रमका अलावा विद्यार्थीहरुको आन्तरिक क्षमता प्रस्फुटन गराउन विद्यालयमा विविध अतिरिक्त क्रियाकलापका कक्षाहरु संचालन गरिएको प्राचार्य गणेश शर्मा बताउछन । वर्तमान समयमा विद्यार्थीहरुलाई नैतिकवान बनाए मात्र भविष्यमा राष्ट्रले योग्य नागरिक प्राप्त गर्ने बताउदै “इमान्दार” छोटो चलचित्रले विद्यार्थीको अन्तर्निहित अभिनय क्षमताका साथ साथै नैतिकताको कथा बोलेको प्राचार्य शर्माको भनाई छ । छोटो चलचित्र विद्यालय परिषर भित्रै छायांकन गरिएको हो ।

विद्यालयमा पाठ्यक्रमका अलावा नाट्यकला, गायनकला, नृत्य, तेक्वान्दो, उद्घोषण, आर्ट्स लगायतका कक्षाहरु संचालित छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.