आज मितिः २०८३ बैशाख १० गते

क्रिप्टो कारोबार गर्दै आएका तीन जना पक्राउ

काठमाडौं –

क्रिप्टो कारोबार गरेको आरोपमा चार लाख रुपैयाँ सहित तीन जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरुमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का ३१ वर्षीय फुर्वा साङ्गे शेर्पा, खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ का ३१ वर्षकै दीपक दर्नाल र धनकुटाको महालक्ष्मी नगरपालिका–८ का ३१ वर्षकै भीमबहादुर तामाङ छन् ।

 

 

पक्राउ परेकाहरुविरुद्ध अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

 

 

उनीहरुले वैदेशिक रोजगारीमा विदेश जान लागेका व्यक्तिलाई लक्षित गर्दै आर्थिक प्रलोभन देखाउँदै बैंक खाता खोल्न लगाउने र ती खाता दुरुपयोग गर्दै ठगीको रकम कारोबार गरेको पाइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

 

 

उनीहरुबाट ४ लाख २० हजार ५५ रुपैयाँ, २०० थान भन्दा बढी सीमकार्ड पनि बरामद भएको छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.